

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन-३’ बाट निहारिका ज्ञवाली आउन भएकी छन् । गत शनिबारको उत्कृष्ट ९ प्रतिष्पर्धामा उनी बाहिरिएकी हुन् । टीम प्रमोदमा रहेकी निहारिका भोट कम भएको कारणले शोबाट बाहिरिन पुगेकी हुन् ।
प्रतिस्पर्धामा टिम दीपबाट आर्यन तामाङ र गोभिन पुन, टीम राजुबाट सोनाम शेर्पा र तारा श्रीष, टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराज, टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच अब प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धामा हरेक टीमबाट एक–एक जना विजेता रहनेछन् । ती बिजेता मध्यबाट एक उत्कृष्ट छानिनेछन् ।