शङ्कर र अञ्जलीको तीज गीत ‘ओई ओई लालुमै’ बजारमा

मेचीकाली संवाददाता

१३ श्रावण २०७८, बुधबार
723 shares

काठमाडौं । शङ्कर बिसी र अञ्जली अधिकारीको अभिनय रहेको तीज गीत ‘ओई ओई लालुमै’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको लय रहेको गीतमा खेम सेन्चुरी र देवी घर्ती मगरको स्वर छ ।

विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि शङ्कर बिसीले नै निर्देशन गरेका हुन् । बिसीकै कोरियोग्राफी रहेको गीतमा दुर्गा पौडेलको छायाँंकन र विकास ज्ञवालीको सम्पादन छ । पशुपति म्युजिक प्रालिले आफ्नो युट्युबमार्फत बाहिर ल्याएको यो गीतका निर्माता शिव पौडेल हुन् ।