भैरहवामा सुविधा संम्पन एसियन बुद्धहोटल को सुभारम्भ

मेचीकाली संवाददाता

५ असार २०७९, आईतवार
885 shares

भैरहवा असार ५, स्वदेशी तथा विदेशी पर्यटकहरुको अलावा पारिवारीक वातावरणमा गुणस्तरीय सेवा चाहनेहरुका लागि लक्षित गरी गौतमवुद्ध अनतराष्द्रिय बिमानस्थलदेखि पन्ध्रसय मिटर पूवर्, भैरहवाको लुम्विनी गेट देखि आठ सयमिटर पश्चिम फोर स्टार लेवलको एसियन बुद्ध होटल प्रा ली सुभारम्भ भएको हो ।


सिमेन्ट गु्रप, म्याक्सप्रो गु्रप, गुडलाइफ फुड प्रडक्सन गु्रप, लगायत विभिन्न ब्यवसायमा सफल युवा व्यवसायीहरुको करीव एक अर्व भन्दा बढिको लागतमा एशियन बुद्ध होटल अनौपचारिक रुपमा संचालनमा आएको हो ।
क्यासिनो, हेल्थ क्लव स्पा, स्वीमिङ्गपुल, विजनेश रुम, भेज रेष्टुरेन्ट, ग्रिल वार, रुफटप रेस्टो कलव, सहित फोर स्टारको लागि आवश्यक पर्ने सवै सेवा सहित होटलको अनौपचारिक उद्घाटन गरिएको होटेलका प्रवन्ध निदेशक तिलकराम धिमिरेले जानकारी दिए ।


होटलमा ८१ वटा रुम सहित फोर स्टार लेवलको लागि आवश्यक पर्ने सवै सुविधा सहित होटल शुभारम्भ गरिएको हो । २० वटा कियुव रुम, १८ वटा मास्टर वेड रुम, १४ वटा कलासिक प्रिमियम रुम,४ वटा फेमिली रुम, २ वटा सुइट रुम, ४ वटा सेमि सुइट रुम, १ वटा हनिमुन, १८ वटा जनरल रुमरहेको निदेशक धिमिरेले बताय ।


यसैगरी होटेलमा सुविधा संपन्न हजार जना छमताको वेङ्ककुट हल र सय जना छमताको कन्फेरेन्स हल गरी दुइवटा हल साथै होटेमा छुटै भिभिआयपी सेक्सन पनीरहेको जसमा भिआइपि ब्यक्तिहरुको लागि भिआइपि रुम एक वटा, भिआइपि मिटिड. हल बिस जना क्षमताको एक वटा, मिटिड. हल २५ जना एक वटा, समेत रहेको निदेशक धिमिरेले बताय ।
होटेल अनौपचारिक रुपमा शुरु गरिएको भएपनि औपचारिक रुपमा भने केही समयपछि विशेष समारोहका विच सुभारम्भ हुनेछ ।