कान्ति माविमा वक्तृत्वकला प्रतियोगिता

मेचीकाली संवाददाता

२२ श्रावण २०७९, आईतवार
334 shares

बुटवल । कान्ति माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रत्येक शुक्रबार विभिन्न रचनात्मक आतिरिक्त कृयाकलाप आयोजना गरिन्छ जसले गर्दा पठनपाठनमा सकारात्मक प्रभाव पारेको हुन्छ ।

विद्यालयका प्राचार्य गोविन्द ज्ञवाली , उप प्राचार्य द्वय पूर्णभद्र उपाध्याय र केदारनाथ ज्ञवाली, कक्षा ११ र १२ का विज्ञान संयोजक मोहोन भट्टराई,कक्षा १० का संयोजक डिल्लि प्रसाद बेलवासे, कक्षा ९ का संयोजक विदूर पौडेल, कक्षा ७ का संयोजक राजन अर्याल, कक्षा ८ का संयोजक घनश्याम यादव, प्राथमिक तहका संयोजक लिलाधर पाण्डे शिक्षक मित्र लाल पोखरेल, शिक्षक अभियान ज्ञवाली एवम सम्पूर्ण शिक्षक हरुको सहभागितामा कार्यक्रम सम्पन्न भयो । १५० जना विद्यार्थी बाट छनोट गरी २० जनालाईअन्तिम प्रतिस्पर्धामा समावेस गराइएको थियो । जसमा विवेक जि सी प्रथय , सुजन जिसी द्वितीय , शिक्षा भट्टराई तृतीय र सद्‌वी शर्मा ले सान्तवना स्थान प्राप्त गरे ।

प्रथम द्वितीय र तृतीय हुने टीमलाई पुरस्कार तथा बधाई दिदै विद्यार्थी हरुलाई अतिरिक्त ज्ञानमा निरन्तर लाग्न शुभकामना बोल्ने व्यक्त गर्नुभयो। विद्यालयका शिक्षक लिलाधर पाण्डेको निर्णायक संयोजक लिलाधर पाण्डे, शिक्षक मित्रलाल पोखेल, शिक्षक हिमा कुमारी थापाको निर्णायक समितिले प्रतियोगिताको मूल्याङकन गरेका थिए । कार्यक्रमको सञ्चालक शिक्षक महेश खनालले गरेका थिए ।