पब्लिक मावी पुर्व विद्यार्थी समाज छपियाको प्रथम साधारण सभा तथा अधिवेशन

मेचीकाली संवाददाता

१२ माघ २०७९, बिहीबार
344 shares


तुलसीराम पौडेल —
सियारी, माघ ११
रुपन्देहीको सियारी गाउँपालिका -४ छपिया स्थित पब्लिक नमुना मा.वि.को स्वर्ण महोत्सवकै अवसरमा बुधबार पब्लिक मा.वि पुर्व विद्यार्थी समाज छपियाको प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भयो ।
अधिवेशनले कुल बहादुर आचार्यको अध्यक्षतामा सर्वसम्मत रूपमा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिष्णु प्रसाद खरेल ,उपाध्यक्षहरुमा केशवराज सापकोटा र गोपाल प्रसाद पाण्डे सर्वसम्मत चयन हुनुभएको छ।त्यसै गरि महासचिवमा इन्द्र प्रसाद तिवारी ,सचीवमा विक्रम जैसवाल ,गणेश कुमार अधिकारी र मन आचार्य ज्ञवाली निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा गणेशबहादुर शाही सर्वसम्मत हुनुभएको छ भने सदस्यहरुमा श्रवण अधिकारी ,गोमा दाहाल ,वीर बहादुर भुसाल ,राजु शर्मा ,ललिता पुन र वेदु प्रसाद पाण्डे रहनु भएको छ।
त्यसै गरि आमन्त्रित सदस्यहरुमा निरा भण्डारी ,दिवाकर त्रीपाठी ,जगन्नाथ न्यौपाने ,प्रकाश पोख्रेल र सीता भण्डारी खनाल रहनु भएको छ।
स्वर्ण महोत्सवको अवसरमा सियारी गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी थानेस्वर घिमिरेले पब्लिक पुर्व विद्यार्थी समाज स्मारिका विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा पुर्व विद्यार्थी समाज गाडी उपहार प्रदान गर्नेलाई सम्मान , २०३५ सालदेखि हालसम्म पब्लिक विद्यालयका एसएलसी प्रथमलाई सम्मान ,पब्लिक पुर्व विद्यार्थी पुनरमिलन कार्यक्रम सम्पन्न भएको छ।पब्लिक पुर्व विद्यार्थी समाजको आयोजनामा गाउँपालिका स्तरीय शैक्षिक सस्था बीच छात्र छात्रा भलिबल प्रतियोगिता ,पुर्व विद्यार्थी र शिक्षक कर्मचारी बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता , अभिभावक कुर्सी रेस लगायतका कार्यक्रम सम्पन्न भएका थिए ।भलिबल प्रतियोगिता अन्तरगत छात्र तर्फ पब्लिक नमूना मावी पहिलो र सिदार्थ मावी दोस्रो भएका छन् भने छात्रा भलिबल तर्फ पब्लिक नमुना माविकै ग्रुप पहिलो र दोस्रो भएका छन् ।
सम्पन्न अभिभावक कुर्सी रेसमा जमुना खत्री विजयी हुनुभएको छ। कार्यक्रम पब्लिक मावी पुर्व विद्यार्थी समाजका अध्यक्ष कुलबहादुर आचार्यको अध्यक्षता , सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, विद्यार्थी समाजका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद खरेलको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष कुलबहादुर आचार्य बाट वार्षिक प्रतिवेदन प्रस्तुत , महासचिव इन्द्र प्रसाद तिवारीबाट साङगठनिक प्रतिवेदन ,कोषाध्यक्ष गणेशबहादुर शाहिबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियोे ।
कार्यक्रमको संचालन इन्द्र प्रसाद तिवारी र षडानन्द शर्माले गर्नुभएको थियो ।