![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2023/02/received_729802338702647.jpeg)
तुलसीराम पौडेल —
गैडहवा, फाल्गुन १
रुपन्देहीको गैडहवा गाउँपालिकामा चौथो गैडहवा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखी शुरु भयो। स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको गैडहवा गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु भएको हो ,। गैडहवा वडा नम्बर ६ स्थित सुर्यपुरा बहुमुखी क्याम्पसको खेलमैदानमा शुरू भएको हो । रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले पालिका स्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनु भयो। खेलले खेलाडी उत्पादनमा मात्र नगरि शारीरिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै क्षेत्र नम्बर ५ भित्र कृषिको लागि मलखाद्य ,गौसाला निर्माणको लागि आफू लागि परेको बताउनु भयो ।
लुम्बिनी प्रदेश सदस्य भुमिश्वर ढकालले प्रतियोगिता हार र जित नभई मित्रता बढाउन र खेलाडीहरूमा रहेका प्रतिभा देखाउने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो। निवर्तमान गाउँपालिका अध्यक्ष बच्चुलाल केवट ,वाड अध्यक्षहरु बिजय शर्मा, मिना थापा, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि लगाएतले कार्यक्रममा बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिदै रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा बिद्यार्थीहरुलाइ सहभागी हुन मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीलेले स्वागत मन्तव्य राख्दै खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउनु भयो ।
गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद बिकासलाई सकारात्मक टेवा पुग्ने बताउदै गाउँपालिकाले गौरवका योजना गैडहवा ताल, एसोधरा पार्क, गौशाला लगायत विभिन्न बिसयलाई गाउँपालिकाले अगाडि बढाएको बताउनु भयो।कार्यक्रममा स्थानीय बुद्धिजीवी ,अभिभावक लगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रमको संचालन गाउँपालिका शिक्षा शाखा प्रमुख माधव पौडेलले गर्नु भएको हो।