गह्रौंकालिकामा भक्तजनको भिडभाड

मेचीकाली संवाददाता

१६ चैत्र २०७९, बिहीबार
412 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङस्थित धर्मिक स्थल गह्रौकालिका मन्दिरमा भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको छ । मन्दिरमा भक्तजनहरुले पुजापाठ गरेका छन । वालिङ नगरपालिका ८ मा पर्ने मन्दिरमा दिन भर पुजा पाठ बलिदान पन्चौलि समेतको पुजा गर्नेको भिड रह्यो ।

गह्रौसुर मन्दिर सम्म जाने सडकको स्तरोन्नति, मन्दिर परिसर तथा मन्दिरको स्तरोन्नति एवं अन्य भौतिक पुर्वाधारहरुको निर्माण, खानेपानीको सहज व्यवस्था भएकाले धार्मिक तथा अन्य रमाइलो गर्न पिकनिक, भ्रमण, अनुसन्धान लगायतका लागि आउने गरेको मन्दिरका कोषअध्यक्ष केशभक्त गुरुङले जानकारी गराए । यहाँ वलीपुजा गर्ने भक्तजनको उल्लेखनीय सहभागिता रहने गरेको छ ।

बाइसे चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक मन्दिर ५५० वर्ष पुरानो मानिन्छ। एकादशी, औँशीबाहेक यहाँ हरेक दिन पुजाआजा र आवश्यकता अनुरुप बलि दिने गरिन्छ।

स्याङ्जा लगायत पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ, बुटवल, पोखराबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन्। मनोकामना पुरा हुने जनाउदै पुजाआजा सहित भाकल गर्नेहरु पनि धेरै भेटिन्छन् । यहाँ भाकल पुरा भएपछि पुनः आउनेहरु पनि उत्तीकै हुन्छन।

वालिङ बजारबाट करिब ६ किलोमिटरको कच्ची ग्रामीण सडक मन्दिरमा पुग्न सकिन्छ। समुद्र सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ।

यहाबाट हिमाली हिमश्रृङ्खला, पाल्पा, नवलपरासी, कास्की, गुल्मी, पाल्पा, तनहुँ लगायतका जिल्लाका केही भेग देख्न सकिन्छ। चैते दशैँ अन्तर्गत नवमीका अवसरमा जिल्लाका अन्य कोतघरहरु एवं देवी मन्दिरहरुमा समेत विशेष पुजाआजा गरिएका छन्।