मेचीकाली दैनिक निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत

मेचीकाली संवाददाता

३० चैत्र २०७९, बिहीबार
538 shares

बुटवल। प्रेस काउन्सिल नेपालले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को पत्रपत्रिकाहरुको वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजाअनुसार रुपन्देहीको बुटवलबाट प्रकाशित मेचीकाली सन्देश राष्ट्रिय दैनिक निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुन सफल भएको छ ।

मेचीकाली सन्देश राष्ट्रिय दैनिक २०६२ सालदेखि हालसम्म निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुँदै आएको छ । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण मूल्याङ्कन प्रतिवेदनको आधारमा पत्रपत्रिका वर्गीकरण मूल्याङ्कन नतिजा सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७७/०७८ को वर्गीकरण मूल्याङ्कनका लागि देशभरबाट ८६८ पत्रपत्रिकाले आवेदन दिएका थिए ।