तीनजना स्वतन्त्र उम्मेदवारले सार्वजनिक गरे निर्वाचन खर्च विवरण

मेचीकाली संवाददाता

१२ बैशाख २०८०, मंगलवार
221 shares

बुटवल । गत प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा उम्मेदवार बनेका तीनजना स्वतन्त्र उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

रुपन्देहीको क्षेत्र न ३ प्रदेश सभा २ मा उम्मेदवार बनेका तीन जनाले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोगले तोकेको ढाँचामा खर्च विवरण सार्वजनिक गरेका हुन् । स्वतन्त्र उम्मेदवारहरु भीमप्रसाद थारु, सञ्जय चौधरी र सहसराम चौधरीले निर्वाचन खर्च विवरण आयोगमा बुझाउँदै सार्वजनिक गरेका हुन् ।

जसअनुसार भीमप्रसादले ३६ हजार २८८ रुपैयाँ, सञ्जयले २४ हजार ५७७ रुपैयाँ ५० पैसा र सहसरामले ८५ हजार रुपैयाँ खर्च गरेका छन् ।