नवीनमा उत्कृष्ट विद्यार्थी पुरस्कृत

मेचीकाली संवाददाता

१३ बैशाख २०८०, बुधबार
308 shares

बुटवल । नवीन औद्योगिक कदरबहादुर रीता मावि देवीनगरले कक्षा १२ प्रिबोर्डमा उत्कृष्ट विद्यार्थीलाई मंगलबार पुरस्कृत गरेको छ ।

उक्त अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले विद्यार्थी भाइबहिनीहरु तपाई नेपालको अब्बल विद्यालयमा पढ्ने अवसर प्राप्त गरेकामा गर्व गर्नुपर्ने र देशमा नै योगदान पु¥याउने किसिमले सकृय रहन आग्रह गरिन् । विशिष्ट अतिथि विद्यालयका संरक्षक वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालयले चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन समूहका विद्यार्थीहरुले उत्कृष्टता प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै अनुशासित एवं सक्रिय भएर लाग्न आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकालको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा ११ की छात्रा वसन्ती ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०७९ को प्रिबोर्डमा सिभिल इन्जिनियरिङतर्फ प्रथम सुस्मिता पुन, व्यवस्थापन समूहतर्फ समिक्षा कुँवर, कानुन समूहकी समिक्षा खत्री, विज्ञान समूहका अजय कोइरी, शिक्षा समूहकी सुमी परियार, महेक चौधरी, ममता अधिकारी, आयुष पाण्डे, विशाल पोखरेल, राजन नेपाली, उपहार विश्वकर्मा, मुकुन्द बस्नेत, अनिषा ज्ञवाली, दिपक पौडेल, शिलासिंह थापा, प्रदीप सुनार, खुमा पुरी, सुजन थापा, प्रेमकुमारी सारु, अस्मिता भण्डारी, मोदनाथ पौडेल, शिशिर ज्ञवाली र राजन कोइरालालगायतलाई प्रमुख अतिथिले नगद तथा पुरस्कार वितरण गरेका थिए । विद्यालयले नब्बे प्रतिशत माथि ल्याउने विद्यार्थीलाई दश हजार, पचासीदेखि नब्बे प्रतिशत ल्याउनेलाई पाँच हजार, असीदेखि पचासी प्रतिशत ल्याउनेलाई प्रोत्साहनस्वरुप दुई हजार पाँच सय वितरण गरेको थियो ।

शैक्षिक सत्र २०७९ मा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा समूहमा अध्ययनरत उत्कृष्ट कार्य सम्पादन गर्ने कक्षा क्याप्टेनलाई पनि प्रमुख अतिथिले सम्मान गरेका थिए । कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन खनाल, नवीन विद्यार्थी क्लवकी अध्यक्ष जुना परियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।