मायादेवीको लागि एक दिने वैदेशिक रोजगार अभिमुखिकरण कार्यक्रम

मेचीकाली संवाददाता

२८ असार २०८०, बिहीबार
272 shares


मायादेवी ,आषाड २८
रुपन्देही स्थित मायादेवी गाउँपालिकाको सम्पुर्ण वडाहरुको प्रतिनिधित्व हुने गरि युवा युवतिहरुको लागि वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम भैरहवाको होटल पिस नाइटमा सम्पन्न भयो ।कार्यक्रम नेपाल सरकार श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्याबसायिक तथा सीप विकास तालिम प्रतिस्ठान बुटवलको आयोजनामा सम्पन्न भएको हो ।अभिमुखिकरण कार्यक्रमको प्रशिक्षक ,राजु पन्थी ,भोजराज न्यौपाने र दिपक नेपालिले सहजीकरण गर्नुभएको थियो ।,
अभिमुखिकरण कार्यक्रममा वैदेशिक रोजगारमा जानुभन्दा अगाडि अपनाउनु पर्ने सजगता ,वैदेशिक रोजगार जानेको सामाजिक सुरक्षा लगायत सुविधाहरुको बारेमा प्रशिक्षण दिइएको थियो ।
७१ जना सहभागी रहेको प्रतिस्ठानका लेखापाल दिपक नेपालीले जानकारी दिनुभयो ।
प्रतिस्ठानका आर्थिक प्रशासन शाखा प्रमुख दिपक नेपालिको अध्यक्षता, मायादेवी गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।, नासु टेकराज पन्थिको संचालनमा सम्पन कार्यक्रममा राजु पन्थी ,भोजराज न्यौपाने ,मायादेवी गाउँपालिका प्रशासन शाखा प्रमुख पम्फा पन्थ ,मायादेवी रोजगार शाखाकी सुचना लम्साल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।