यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अवस्था, चुनौती र मानव अधिकारबारे अन्तरक्रिया

मेचीकाली संवाददाता

२ श्रावण २०८०, मंगलवार
396 shares

सुनिल आचार्य

कपिलवस्तु । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अवस्था, चुनौती र मानव अधिकार सम्बन्धि सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको छ । निल हिरा समाज काठमाडौंको आयोजना, ओपन सोसाईटी फाउण्डेसनको सहयोग र नव जिवन संस्था कपिलवस्तुको समन्वयमा कपिलवस्तुको तौलिहवामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

ओपन सोसाईटी फाउण्डेसन केन्द्रिय कार्यालय काठमाडौंका कार्यक्रम संयोजक भूमिका श्रेष्ठले यौनिक तथा लैगिंक अस्पसंख्यक समूदायलाई राज्यले विभेद गरेको बताउनु भयो । नागरिकता, शिक्षा, स्वास्थ्य लगाएतका बिषयहरुमा यौनिक तथा लैंगिंक अल्पसंख्यक समुदायको अधिकार प्राप्ति गर्न कठिनाई भएको बहाँको भनाई छ । साथै कार्यक्रम संयोजक श्रेष्ठले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अवस्था र चुनौती, लैगिंक पहिचान, यौन अभिमूखिकरण र यौन बिशेषता, नेपालमा यौनिक तथा लैगिंक अल्पसंख्यक अभियान, उद्देश्य तथा कार्यक्रम, अभियानको सफलता लगाएतको बिषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद ज्ञवालीले आफ्नो अधिकार प्राप्तिको लागि यौनिक तथा लैगिंक अस्पसंख्यक समूदाय सक्रिय रुपमा लाग्नुपर्ने बताउनु भयो । यस समुदायको अधिकार प्रति कपिलवस्तु नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सम्मान पुर्वक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । शिक्षा क्षेत्रमा यौनिक तथा लैगिंक अस्पसंख्यक समूदायलाई नगरपालिकाले सहज हुने खाल्को वातावरण सृजना गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताउनु भयो ।

यस्तै कपिलवस्तु अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समाजले हेर्ने दृष्टि अझै पनि सहज नभएको बताउनु भयो । कपिलवस्तु अस्पतालबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

बरिष्ठ मानव अधिकारकर्मी तथा माहुरी होम कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुरले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय शसक्तिकरण गर्न स्थानिय तहको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । इन्सेकसंग आवद्ध मानव अधिकार समूह लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मीले समुदाय र समाजलाई रुपान्तरण गर्न सम्पूर्ण सरोकारवालाहरुको अहम भूमिका हुन जरुरी भएको बताउँदै यस समुदायको साथसपोटका लागि पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

इन्सेक प्रतिनिधि पार्वती आचार्यले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बिषयमा समाजले हेर्ने नजरलाई परिवर्तन गर्न चिर्नका लागि समुदायले बुझ्न सक्ने खाल्का कार्यक्रम तथा बिभिन्न अभियानहरु संचालन गर्ने र रेडियो एफएमहरु मार्फत समुदायका अधिकारका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनु भयो ।

नव जिवन संस्थाका जिल्ला परियोजना संयोजक प्रेरणा विष्टले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई समाजले हेर्ने दृष्टि अझै परिवर्तन हुन नसक्दा समूदाय खुलेर अगाडी आउन नसकेको बताउनु भयो । गाउँ समाजमा नमिठो तरिकाले बोल्ने, गालि गर्ने, अपशब्द बोल्ने नाचेर र मागेर ज्यान पाल्ने भन्दै समाजको गालि खान बाध्य बताउनु भयो । समाजमा सहज रुपमा हाम्रो अधिकार दिलाउन र हाम्रो समुदायलाई चिनाउन स्थानिय सरकारको पूर्ण जिम्मेवारी हुनुपर्ने उहाँको भनाई छ । भाडाको घरमा संस्था चलाउँदै आएको हुँदा जग्गा उपलब्ध गराईदिन समेत स्थानियतहलाई आग्रह गर्नु भयो ।

यसैगरी एक्लोलाई साहारा दिने बृक्ष समूह भैरहवाका अध्यक्ष अस्मिता रानाको अध्यक्षता तथा मानव अधिकार परियोजना प्रदेश संयोजक रेशम न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुसंगको मानव अधिकार सम्बन्धि अन्तरक्रियामा वडा अध्यक्षहरु, कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार र यौनिक तथा लैंगिंक अल्पसंस्खयक समूदाय लगाएतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा बिनोद बिसी, मनिला न्यौपानेले आफूले भोगेका अनुभवहरु सुनाउँदै समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टि नै फरक भएको बताउनु भयो । बैवाहिक जिवन भनेको नितान्त व्यक्तिगत बिषय हो तर विावाह पश्चात धेरै चुनौतिहरु भोग्न बाध्य छौ, घर परिवार, समाज र राज्यबाट समेत चुनौती भोगिरहेको नागरिकता लगाएतका बिभिन्न अधिकारहरुबाट बञ्चित भएको उहाँहरुको गुनासो छ ।