उद्योग व्यापार संघ कपिलवस्तुद्वारा घरवहाल घटाउन माग

मेचीकाली संवाददाता

७ श्रावण २०८०, आईतवार
1411 shares

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले कम्तिमा २० प्रतिशत वहाल घटाउन माग गरेको छ । राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधिकरण भन्ने मूलनारा सहित अगाडी बढेको उद्योग व्यापार संघ कपिलवस्तुको साउन ६ गते बसेको बैठकले एक विज्ञप्ती जारी गर्दै सो कुरा माग गरेको हो ।

साउन ६ गते संघको कार्यालय वाणगंगा ४ स्थित जितपुरमा बसेको सातौँ नियमित वैठकले देशका विभिन्न सहर तथा बजारमा ब्यवसायीक घर जग्गा तथा सटरहरु खालि हुँदै गैरहेको हुदा वहालमा कम्तिामा २० प्रतिशत नघटाउने हो भने भयावहको स्थिति आउने भन्दै विज्ञप्ती जारी गरेको हो ।

२०७६ साल देखि फैलिएको कोभिड कहर र त्यसपछि उत्पन्न परिस्थितीले हाम्रो देश तथा तथा समग्र नेपाल बिश्व आर्थिक मन्दीको चपेटामा परेको सर्वविदितै छ , उक्त परिस्थिीको कारण दिनानु दिन उद्योगधन्दा तथा व्यवसायहरु बन्द बिस्थापित तथा पलायन भैरहेको सबैका अगाडी छर्लङ्ग छ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस विसम परिस्थितीलाई आत्मसाथ गरि चरम आर्थिक संकटको मर्काबाट व्यवसायिहरुलाई राहत प्रदान गर्न सहयोग गर्नुहुने छ भन्ने पूर्ण आशा सहित सम्बन्धित सम्पूर्णमा यस अभियानकालागि हार्दिक आह्रवान गर्दछौं जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकमा उद्योग व्यापार संघका केन्दीय सदस्य टोपनाराण वेल्वासेले देशका विभिन्न सहर तथा बजारमा ब्यवसायीक घर जग्गा तथा सटरहरु खालि हुँदै जानुका साथै व्यवसायी पलायन हुन लागेको परिस्थति लाई मध्यनजर गर्दै व्यवसायी लाई थोरै भएपनि राहत तथा प्रोत्साहन गर्न घर भाडा कम गर्नु पर्नेमा जोड दिनुभयो ।

कोभिडको महामारीपछि उद्योगी ब्यवसायीहरु मारमा परेको हुनाले ब्यवसायिक घर/जग्गा तथा सटर धनीलाई संघले सो माग गरेको उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताउनु भयो । यस्तो परिस्थितीमा स्थानीय सरकारले समेत पहल गर्नुपर्ने संघका अधयक्ष खिमानन्द पौडेल (कोपिल) को भनाई छ ।

यस क्षेत्रका सम्पूर्ण घर/जग्गा तथा सटर भाडामा दिनु भएका महानुभावहरुलाई बहाल घटाउन थालिएको स्मरण गराउँदै यस क्षेत्रमा पनि व्यवसायिक घर/जग्गा तथा सटर खाली गरी व्यवसायि पलायन हुन लागेको बिसम परिस्थितीलाई आत्मसात गरि व्यवसायी लाई थोरै भएपनि राहत दिन विज्ञप्ती मार्फत् संघले माग गरेको हो । बैठकमा उद्योग व्यापार संघ कपिलवस्तुका संरक्षकहरु, सल्लाहकारहरु, प्रदेश कमिटीका सदस्यहरु, कार्यसमितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।