सैनामैनामा एक घर डुबानमा, उद्धार गरी अन्यत्र पुनःस्थापना गरियो

मेचीकाली संवाददाता

९ श्रावण २०८०, मंगलवार
801 shares

बुटवल । गएराती देखि परेको अबिरल वर्षाका कारण रुपन्देहकिो सैनामैना नगरपालिका ८ भड्छामा एक घर डुबानमा परेको छ । ईङगुरीया खोलामा आएको बाढीले भड्छा निवासी शङ्खमुनी थारुको घर डुवानमा परेको हो ।

घर गोठ डुबानमा परेपछि उक्त परिवारका तीनजना सदस्य र ५ वटा बाख्रा चौपायालाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोली तथा स्थानीयको संयुक्त प्रयासमा उद्दार गरी स्थानीय लक्ष्मण गैरेको घरमा अस्थायीरुपमा पुनःस्थापना गरिएको वडा अध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिए ।

त्यस्तै, सैनामैना ८ रामापुरमा रहेको सतचिन्तन प्रतिष्ठानको कार्यालय भवनमा बाढी पसेको छ । इङ्गुरीया खोलामा आएको बाढी सत चिन्तन र वडा कार्यालय रहेको भवनमा पसेको स्थानीय अगुवा लेखनाथ गैरेले जानकारी दिए ।

तस्बिरहरूः अमृत गिरी