पहिरोले शिद्धबाबामा निर्माणधीन सुरूङमार्गको ‘टर्नेल पोर्टल’ पुरियो

मेचीकाली संवाददाता

९ श्रावण २०८०, मंगलवार
388 shares

बुटवल । शिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टर्नेल पोर्टल’ पहिरोले परिएको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिले शिद्धबाबा मन्दिर नजिकैको टर्नेल परिएको हो ।

आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीले अनुसार बुटवलतर्फको साइडमा निर्माण थालिएको टर्नेलमा पहिलो ठूलो क्षति पु¥याएको बताए । ‘अहिले पनि पानी परिरहेको छ’ पन्थीले भने, ‘आकार लिएको सुरूङमाथि पहिरो झ¥यो ।’

सुरूङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । बाह्रै महिनादेखि पहिरो झरेर अकालमै यात्रुको मृत्यु हुने क्रम बढेसँगै पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो । स्थानीय तोया लम्सालले पहिरोले सुरूङको टर्नेल पुरै परिदिएको जानकारी दिए ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनी ठूलो दुर्घटना हुने गरेको छ । वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरूङमार्गको निर्माण अघि बढाएको हो । यो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।