कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ०७९ साउन देखि ०८० असार मसान्तसम्म सम्पन्न गरेको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै एक वर्षसम्म गरेका गतिविधिहरु सार्वजनिक गरेको हो ।
यस्तै अपराध अनुसन्धानतर्फ आर्थिक वर्ष ०७९/०८० मा ७२ जना फरार प्रतिवादी पक्राउ गरी १ सय ८ बर्ष १ दिनको जरिवाना रु. १ करोड ४४ लाख ७० हजार ९ सय ५६ रुपैंयाँ जरिवाना असुली गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।
यसैगरी ०७९ साउन देखि ०८० असार मसान्तसम्म अर्थात् एक बर्षमा ७ सय १५ मुद्दा दर्ता भएकोमा ४ सय २८ फस्र्यौट भएका छन् । प्रतिशतको हिसाबले हेर्ने हो भने ९९ प्रतिशत मुद्दा फस्र्यौट भएको प्रहरी उपरिक्षक बस्नेतले बताए ।
कार्यालयले ट्राफिक चेकजाँचमा २५ हजार ९ सय ५२ वटा सवारी साधनलाई कारवाही गर्दा १ करोड ७७ लाख ११ हजार रुपैंयाँ राजश्व संकलन गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा पच्चिस हजार नौ सय बाउन्न वटा सवारी साधनहरुको चेकजाँच गर्दा उक्त राजस्व संकलन गरिएको हो ।
यस्तै अवैध भन्सार राजस्वतर्फ सवारी साधन , लत्ता कपडा, काठ र अन्य सामानको राजश्व रु.५ करोड,२२ लाख ६५ हजार ५ सय ७० रुपैंया असुली भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए । विपद्का घटनाहरुबाट रु.४ करोड १३ लाख ५१ हजार १ सय २५ रुपैयाँ क्षति भएको छ ।
उजुरी छानविनमा गालि बेइज्जती , सवारी दर्घटना, झै–झगडा चेकबाउन्स, बैदेशिक रोजगार र कुटपिटका १ हजार ९ सय ३४ उजुरी दर्ता भएका थिए । जसमा १ हजार ५ सय ९७ वटा फस्र्यौट भएका छन् भने ३ सय ३७ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा घरायसी झैझगडा, घरमा खान बस्न नदिएको, कुपिट, विवाह दर्ता र नागरिकता नबनाई दिएको, मादक पदार्थ सेवन गरी गालिगलोज गरेको, श्रीमती माइत गई बसेको, पैत्रिक सम्पत्तिको विवादको विषयमा ४ सय २५ निवेदन दर्ता भएकोमा ४ सय ६ वटा निवेदनमाथि छलफल गरी मिलापत्र भएको छ भने १९ वटा निवेदन दिएका व्यक्तिहरु सम्पर्कमा नआएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख शैलेश्वरी बोहराले बताए ।
सामुदायिक प्रहरी साँझेदारी कार्यक्रमअन्र्तगत समुदाय सचेतना कार्यक्रम–लागुऔषध, ट्राफिक सचेतना, घरेलु हिंसा, बालयौन दुव्र्यव्यहार, लैंगिक हिंसाविरुद्ध, मानव वेचबिखन बिरुद्ध, आत्महत्या न्यूनीकरणसम्बन्धी, आधारभूत सुरक्षा, बाल विवाह न्यूनीकरण, चोरी पैठारी, विपद् व्यवस्थापन, सरसफाइ कार्यक्रम र मदरसामा अध्ययनरत किशोरीहरुलाई लक्षित गरी १ हजार ६ सय ९४ वटा अभियानहरु सञ्चालन गर्दा ५८ हजार १ सय ९३ लाभान्वित भएको प्रहरी नायव उपरीक्षक घलेले बताए ।