जनउत्थान सहकारीद्वारा प्रहरी चौकीमा जिन्सी प्रदान

मेचीकाली संवाददाता

३१ भाद्र २०८२, मंगलवार
15 shares

मिलन गाहा

बुटवल। यही भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शन एकाएक ध्वशमा परिणत भएपछि मुलुकभरका सार्वजनिक, निजी क्षेत्र र व्यक्तिका सम्पत्ती समेत तोडफोड, आगजनी र लुटपाट भएको छ । सामान्य प्रहरी चौकीदेखि सिंहदरबार सम्मका संरचनामा आगजनी र लुटपाट भएको छ ।

यसैक्रममा रुपन्देहीको मंगलापुरमा रहेको इलाका प्रहरी कार्यालयमा पनि तोडफोड, आगजनी भएको छ । तोडफोड र आगजनीले क्षति भएको र दैनिक कार्यसम्पादनमै कस्ट उत्पन्न भइरहेको छ । कस्टकर अवस्थामा रहेको प्रहरी चौकीका लागि त्यहीँ नजिकै मुख्य कार्यालय रहेको जनउत्थान सहकारीले केही जिन्सि सामान उपलव्ध गराएको छ ।

सबैभन्दा धेरै सेयर सदस्य रहेको, सामाजिक काममा समेत अग्रसर रहेको सहकारीले प्रहरी चौकीका लागि अत्यावश्यक पर्ने केही जिन्सि सामाग्री प्रदान गरिएको सहकारीका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिए ।
जनउत्थान सहकारीले १ थान कम्प्युटर, १ थान दराज, १ थान प्रीन्टर र २ थान लो बेड प्रदान गरेको सस्थाका अध्यक्ष पुनले जानकारी दिए । रुपन्देही जिल्ला मात्र कार्यक्षेत्र रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सामाजिक दायित्व अन्तर्गत सो जिन्सी प्रदान गरेको संस्थाका कार्यकारी प्रमुख रनबहादुर थापाले बताए ।

हाल मंगलापुर चौकीमा २१ जना बिभीन्न ओहदामा जनताको सेवामा खटिएका प्रहरी रहेका छन् । प्रहरी निरीक्षक सुदीप जिसीले नागरिकहरु बिना बर्दीका प्रहरी भएको र आफुहरु बर्दीसहितका नागरिक भएकाले सबै पक्षको सहकार्यबाटै शान्त र समुन्नत समाज निर्माण गर्न सकिनेमा आफुहरु बिस्वस्त रहेको बताए ।

नेपालमा भएको ‘जेनजी’ आन्दोलनले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक, व्यवस्थापिका र न्यायपालिकाका संरचनामाथि अकल्पनीय ध्वंस ल्याएको छ । सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्तिसम्म जलाउन–फोड्नुले राष्ट्रलाई ठूलो क्षति पु¥याएको छ । न्याय सम्पादन गर्ने न्यायपालिका र सुरक्षाको जिम्मा लिएको प्रहरी संस्था नै आगजनीमा परेर जलेको छ, केही प्रहरी तथा नागरिकले ज्यानै गुमाएका छन् ।