त्रिशूली नदीमा बस खस्यो, विस्तृत विवरण आउन बाँकी

मेचीकाली संवाददाता

६ भाद्र २०८०, बुधबार
234 shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

अहिले दुर्घटनास्थलमा सुरक्षाकर्मीको उद्धार टोली पुगेको छ। स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।