बुटवल । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी नजिकैबाट त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा १७ जनाको उद्दार गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार उद्दार गरिएका १७ जनामध्ये १३ जनालाई थप उपचारका लागि पठाइएको छ ।
चार जना घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधवार बिहान धादिङको गजुरी गाउँपालिका–२ चालीसे छहराबाट त्रिशूली नदीमा खसेको हो ।