मोतिपुर माविमा लागू औषध ,सवारी दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम

मेचीकाली संवाददाता

९ भाद्र २०८०, शनिबार
240 shares


तुलसीराम पौडेल
मोतिपुर ,भाद्र ९
रुपन्देहीको बुटवल उपमहानगरपालिका -१७ मोतिपुर स्थित मोतिपुर माध्यमिक विद्यालयमा लागू औषध ,सवारी दुर्घटना एवं फौजदारी कसुर सम्बन्धि सचेतनामुलक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।रुपन्देही नागरिक समाज सिद्दार्थनगर,बुटवल उपमहानगरपालिका वडा नम्बर -१७ ,इलाका प्रहरी कार्यालय बुटवल ,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र मोतिपुर माध्यमिक विद्यालय मोतिपुरको आयोजनामा उक्त सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर कार्कीले फौजदारी कसुर तथा समाजमा भैरहेको लागू औषध दुर्व्यसनी समस्याहरुको वारेमा जानकारी दिनु भएको थियोे । त्यसै गरि नागरिक समाज रुपन्देहीका अध्यक्ष इश्वरी चापागाईंले लागू औषध दुर्व्यसनी एवं फौजदारी कसुरले व्यक्तिको जिवनमा पार्ने प्रभाव वारे जानकारी दिनुभएको थियो ।ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी जवान राजु चौधरीले सडक दुर्घटना तथा ट्राफिक सम्बन्धि जानकारी दिनु भएको थियोे ।कार्यक्रममा नागरिक समाज रुपन्देहीका अध्यक्ष ईश्वरी चापगाई सहित पदाधिकारीहरुको टिम ,मोतिपुर माध्यमिक विद्यालयका अध्यक्ष सहित प्रधानाध्यापक लक्ष्मण मरासिनी ,शिक्षक तथा विद्यार्थी ,विभिन्न वडाका जनप्रतिनिधि , विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेकोे थियो ।