अनेरास्ववियु रुपन्देहीद्वारा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

९ भाद्र २०८०, शनिबार
465 shares

बुटवल । अनेरास्ववियु रुपन्देहीले जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीको प्रमुख आतिथ्यता र एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीको विशेष आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । रुपन्दहीका निजी तथा सामुदायिक विद्यालयका ३८ विद्यालयको सहभागिता थियो ।

उक्त हाजिरीजवाफ प्रतियोगितामा सैनामैनाको सुनगाभा मावि प्रथम, बुटबलको एभरेष्ट मावि द्वितीय, देवदहको ग्रिन प्लान्ट तृतीय भएको छ । त्यस्तै सैनामैनाको प्रभावत माविले सान्तत्वना स्थान प्राप्त गरेको छ । कार्यक्रममा बोल्दै अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले अनेरास्ववियु शैक्षिक आन्दोलनको एक अगुवा संगठन भएको बताउँदै अनेरास्ववियु सधैँ विद्यार्थीको हक हितका निम्ति विभिन्न खालका रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए । अनेरास्ववियुले अहिले देशभर विभिन्न खालका शैक्षिक कार्यक्रम गर्दै आएको जानकारी गराए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पछिल्लो समय अनेरास्ववियु रुपन्दही जिल्ला कमिटिले विद्यार्थीका क्षमता विकाससँगै रचनातमक शैक्षिक कार्यक्रमहरु गदै आएको बताए । अनेरास्ववियु जिल्ला अध्यक्ष रमेश ढकालले विद्यार्थीको क्षमता विकासका लागि रुपन्देहीमा वार्षिक कार्यक्रम बनाएर शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिएको बताए

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, भरत अर्याल, प्रेम बस्नेत, तिलक केसीलगायतले बोलेका थिए । अनेरास्ववियु जिल्ला अध्यक्ष रमेश ढकालको अध्यक्षयता र सचिव प्रकाश पराजुलीको सञ्चालनमा कार्यक्रम भएको थियो ।