पत्रकारिता क्षेत्रलाई मजबुत बनाउन आवश्यकः केन्द्रिय सचिव आचार्य

मेचीकाली संवाददाता

२४ भाद्र २०८०, आईतवार
258 shares

कपिलवस्तु । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले पत्रकारिता क्षेत्रलाई मजबुत बनाउन कलम चलाउन आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुले अयोजना गरेको बैठकलाई सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन् । यतिबेला समाजलाई खोजमूलक पत्रकारिताको जरुरी रहेकोले चौतारीले सो बिषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।

पेशागत संगठनमा रहेको कमिकमजोरीलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको बताउँदै पत्रकारिता जगतका समसमायिक विषयमा छलफल गर्दै चौतारीमा आबद्ध सञ्चारकर्मीहरुलाई कलम चलाउन आग्रह समेत गरे । लुम्बिनी प्रदेश ईन्र्चाज समेत रहेका केन्द्रीय सचिव आचार्यले विभिन्न पेशागत संगठनहरुले घेराबन्दीमा राखेर प्रहार गरेको स्मरण गर्दै सचेत भएर अघि बढ्न जरुरी रहेको जनाए । समुदायका हरेक गतिविधीलाई सत्यतथ्य रुपमा सम्प्रेसण गर्नुपर्ने बताए ।

केहि समय यता पत्रकारिता क्षेत्रमा विश्वासनियता घट्दै गएको प्रति चिन्त व्यतm गर्दै आम नागरिकको विश्वस बढाउन चौतारीले ठोस योजनासहित अगाडी बढ्न सबैको सहकार्य समन्वय हुन जरुरी भएको आचार्यको भनाई छ । संगठनलाई बलियो बनाउन प्रदेशका १२ वटै जिल्लाहरुलाई समेटेर विभिन्न स्थानमा तालिमहरु संचालन गर्न लागिएको बताए । उनले चौतारी बलियो भए पार्टी पनि बलियो हुने बताउदै संगठनलाई सशक्त बनाउन प्रशिक्षण एवं विभिन्न तालिमहरु संचालन गर्ने तयारी भईरहेको बताए ।

यसैबीच नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले पत्रकारले पेशा संगठन बाहेक अन्य राजनैतिक दलमा आबद्ध हुँदा सामाजिक इस्सू उठान गर्न नसक्नु पत्रकारिता जगतको भूल रहेको बताए ।
बैठकमा पार्टीका जिल्ला अध्यक्ष शर्माले प्रेस चौतारीका सदस्यहरुले पत्रकारका गल्तीहरुलाई पनि बाहिर ल्याउन आवश्यक रहेको औल्याए । उनले ठिक र बेठिक छ्ुट्याएर समाचार सम्प्रेसण गर्नुपर्नेमा जोड दिए ।

प्रेस चौतारीका केन्द्रिय सदस्य एवं कपिलबस्तु इन्र्चाज टिआर शर्माले संगठनका सदस्यहरुलाई प्रोत्साहित गर्नका लागि अक्षयकोषको स्थानपना गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी केन्द्रिय लुम्बिनी प्रदेश सहइन्र्चाज पार्वती पाण्डेले पार्टीको गतिविधीलाई समाचारको रुपमा लेखी प्रकाशन तथा प्रशारण गर्न प्रेस चौतारीका सदस्यहरुलाई निर्देशन दिए ।

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ११ का इन्र्चाज भेषराज पाण्डे, जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे र जिल्ला अध्यक्ष जानु पाण्डेले अब चौतारीलाई मजबुत बनाउन गुणस्तरिय पत्रकार उत्पादन गर्नुपर्ने बताए । बैठकमा केन्द्रिय पुर्व सदस्य सिताराम चौधरी, विकास बन्जाडे, प्रदेश सचिव हरि अधिकारी, प्रदेश कमिटी सदस्य शरद अधिकारी प्रदेश कमिटी सदस्य पार्वती आचार्य लगायतले समेत बोलेका थिए ।

यस्तै बैठकबाट कृष्णनगर नगरपालिका, बुद्धभुमि नगरपालिका र कपिलबस्तु नगरपालिकामा पालिका स्तरिय प्रेस चौतारी गठन गर्ने निर्णय समेत गरिएको छ । यसैबिच चौतारीका कपिलवस्तु ईन्चार्ज टि.आर.शर्मालाई प्रस चौतारी नेपाल कपिलवस्तु शाखाले स्वागत तथा सम्मान गरेको थियो ।