सुनिल आचार्य
कपिलवस्तु । इन्सेकद्वारा गठित मानव अधिकार समूहको पहिलो बैठक सम्पन्न भएको छ । मानव अधिकार समूह मायाँदेवी गाउँपालिकाका अध्यक्ष सतीश प्रसाद पाण्डेयको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो ।
बैठकमा समूहले आर्थिक वर्ष ०७९/०८० को असार सम्म मायाँदेवी गाउँपालिकामा योजना अनुसार सम्पन्न गरेका अभियानहरुको समिक्षा गर्दै समूहका पदाधिकारीहरुले अनुभव आदान प्रदान गरेका छन् । साथै समूहको बैठकले समस्या पहिचान तथा कार्ययोजना निर्माण गर्न मिती समेत तोकिएको समूहका सचिव सुन्दरी लोनियाले बताइन् ।
सेवा प्रदायक निकायहरुको स्थलगत अनुगमन गर्ने र सो क्रममा देखिएका समस्याहरुको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्नकालागि र शिक्षा , स्वास्थ्य , लैंगिक विभेद र वातावरण लगाएतको कार्ययोजना निर्माण गर्नका लागि समस्या पहिचान तथा कार्ययोजनाको मिती तय गरिएको समूहका कोषाध्यक्ष अब्दुल्लाह मुसलमानले जानकारी दिए ।
समूहका अध्यक्ष पाण्डेयले शिक्षा , स्वास्थ्य , वातावरण , लैगिंक हिंसा , छुवाछुत लगाएतका सवालहरुमा समस्याहरुलाई पहिचान गरी समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण बुझाउने कार्य गरिनुका साथै शिक्षा , स्वास्थ्य , लैंगिंक विभेद र वातावरणको बिषयमा सडक नाटक प्रस्तुत गर्दा केही प्रभावकारी भएको बताए । अब यस आर्थिक वर्ष ०८०/०८१ मा पनि कार्ययोजना निर्माण गरी अभियानहरु संचालन गर्ने प्रतिवद्धता जनाए ।
मानव अधिकार समूहका अध्यक्ष पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकमा समूहका कोषाध्यक्ष अब्दुल्लाह मुसलमान , सचिव सुन्दरी लोनिया , समूहका सदस्य हजरत बेलाल मुसलमान, अजिजुद्धिन मुसलमान, संचारकर्मी सुनिल आचार्य लगाएत समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बैठकको सहजीकरण इन्सेक प्रतिनिधी पार्वती आचार्यले गरेकी थिइन् ।