लुम्बिनी प्रदेशका ३ जिल्लामा आइतवार बिदा

मेचीकाली संवाददाता

२८ भाद्र २०८०, बिहीबार
626 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा ३ वटा जिल्लामा आइतवारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा उक्त पर्वको अवसरमा बिदा दिइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

‘भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ,’ प्रदेश सरकारका अधिकृत (सातौँ) माधव शर्माद्धारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ ।