उद्योग ब्यापार संघ कपिलवस्तुद्धारा रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

४ आश्विन २०८०, बिहीबार
746 shares

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले संविधान दिवस २०८० को अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो डेङ्गी महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उद्योग व्यापार संघ कपिलवस्तुले जनाएको छ । कार्यक्रममा ३७ यूनिट रगत संकलन भएको छ ।

कार्यक्रमा नेपाल उद्योग व्यापार महासंघका मंहासचिव खेम नारायण परजुलीले उद्योग व्यापार संघ कपिलवस्तुले स्थापनाको छोटो समयमा विभिन्न सामाजिक रचनात्मक कार्यक्रम गर्दै आएकोमा उच्च प्रशंसा गर्दै कोभिड पछि सबै भन्दा धेरै मारमा व्यवसायिहरु परेको बताउनु भयो । पछिलो समय उद्योग व्यवसायिहरु कि गर कि मर भन्ने अवस्थामा आएकोे बताउँदै त्यसको समाधानको लागि केन्द्रबाट पहल गर्ने बताउनु भयो । उहाँले ब्यबसायिलाई अर्थतन्त्रमा अहिलेको अवस्था हेर्दा ४ प्रकारको रोग लागेको बताउदै सबै ब्यबसायी उपचारमा भएको बताउनु भयो ।

व्यवसायिहरु रोग निको होला कि नहोला भन्ने चिन्ताले ग्रस्त छन , पहिलो हस्पिटल जाने लाइनमा छन , दोस्रो हस्पिटलाइज , तेस्रो आइसियुमा र चौथो भेन्टिलेटरमा पुगिसकेका छन । यस्तो अबस्थाबाट ब्यबसायिलाइ बचाउन सबैको साथ सहयोग र सहकार्यको आबस्यक्ता भएको महासचिव पौडेलले बताउनु भयो । यस्तो उपचार खोजिरहेको ब्यबसायिहरुलाइ झन अहिले नब सामन्तको रुपमा उदायका केही बैंकहरु उपचारको सट्टा घाँटी निमोठ्ने गरिरहेको उहाँको भनाई छ ।

कार्यक्रमका बिशिस्ट अतिथी करदाता सेवा कार्यलयका कर अधिकृत सुरेश बरालीले देशको आर्थिक अवस्थालाई माथि उठाउन उद्योगि व्यवसायिहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै तिनै तहका सरकारले व्यवसायिहरुलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।

उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले लामो त्याग तपस्या बलिदान र संघर्स बाट उपलब्धिहरुको बारेमा सबैलाइ जानकारी गराउदै उपलब्धिहरु सस्थागत गर्न संविधानलाई सबैले रक्षा गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सामाजिक क्षेत्रमा काम गर्दै आएको उद्योग ब्यापार संघ कपिलवस्तुले आगामि दिनमा पनि यस्ता सामाजिक कार्यक्रम ब्यवसायिक हकहित सङ्ग सम्बन्धित कार्यक्रमहरुलाई निरन्तरता दिदै स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अबिचलित लागिरहने प्रतिबद्धता जनाउनु भयो ।

रक्तदान कार्यक्रममा उद्योग व्यापार संघ कपिलवस्तुका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, नव प्रभात युवा क्लब ठाकुरापुरका अध्यक्ष मिलन चालिसे, नियमित रक्तदाता संघका पदाधिकारी लगायत विभिन्न सामाजिक क्षेत्रका संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका संयोजक ज्ञानहरी न्यौपानेको अध्यक्षता, उद्योग व्यापार संघ कपिलवस्तुका महासचिव बासुदेव खनालको सञ्चालनमा भएको कार्यक्रममा रक्तसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोग र नवं प्रभात युवा क्लव ठाकुरापुरको सहयोगमा सम्पन्न भएको हो ।