सुनिल आचार्य
कपिलवस्तु । करदाता सेवा केन्द्र तौलिहवाका कर अधिकृत (प्रमुख) सुरेश बरालीले कोरोना कहरपछि अर्थतन्त्र थला परिरहेको र त्यसको प्रत्यक्ष असर व्यवसायमाथि परिरहेको अबस्थामा अर्थतन्त्र चलायमान बनाउन र व्यवसायिलाई बिस्थापित हुनबाट जोगाउन तीनै तहका सरकारको सहयोग आबश्यक रहेको बताएका छन् ।
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यवसायिक क्षेत्र र कर कार्यलयबिच सुमधुर सम्बन्ध हुनुपर्ने बताउदै उनले भने, ‘व्यवसायिहरु आफ्नो मर्यादा भित्र रहेर कारोबार गरेको अबस्थामा आफुले अनावश्यक झन्झटको अबस्था आउन नदिन म प्रतिबद्ध छु , हामी नयाँ युवा नयाँ सोचका साथ काम गर्छौ , जरिवाना तिराएर होइन करको दायरामा ल्यायेर उचित कर लगाउनुपर्छ भन्ने मान्यता छ मेरो, हामी सबै उद्योगि ब्यबसायी सङ्ग मित्रबत सम्बन्ध राख्दै सहजीकरण गर्न चाहन्छौ ।’
उद्योग ब्यापार संघ कपिलवस्तुले कर अधिकृत बरालीको स्वागत गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै बरालीले स्थापनाको छोटो अबधीमै यसले गरेका गतिविधि कार्यक्रमहरु प्रशंम्सनिय रहेको बताए । उद्योग ब्यापार संघ कपिलवस्तुले आफुलाइ स्वागत गरेकोमा धन्यवाद व्यक्त गर्दै कर कार्यलय र संघ बिच राम्रो सम्बन्ध कायम गर्दै व्बसायि हरुलाइ सचेतना, सहजीकरण गरिने बताए । ‘उद्योग ब्यापार संघले कर शिक्षा कार्यक्रमको आयोजना गरोस र हामी सरकारले जारी गरेका नया नया करका नीति लगायत कर सङ्ग समन्धित सम्पुर्ण जानकारी एबम प्रशिक्षणको लागि जतिबेला पनि तयार छौ ।’ उनले भने ।
नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले अहिलेको अबस्थाको बारेमा ध्यानाकर्षण गराउदै उद्योगि व्यबसायी र कर कार्यालय बिच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा बाघ र बाख्राको जस्तो देखिनु बिडम्बना भएको बताए । महासचिव पराजुलीले भने, ‘कर कार्यलयको गाडी कर्मचारी देख्ने बित्तिकै व्यबसायिले सटर बन्द गरेर हिँड्ने स्थितिको अन्त्य होस् । पहिले भन्दा स्तिथी सुधार भएको छ अझैपनी अब्यबाहारिक केही नीति नियमको कारण व्यबसायी मर्कामा छन् त्यसलाई न्यूनीकरण गर्दै व्यबाहारिक भैदिनुहुन पनि अनुरोध छ ।’
उद्योग ब्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले कर अधिकृत बरालीलाई स्वागत गर्दै स्मरणीय र अनुकरणीय काम गर्न आग्रह गरे । ‘व्यबसायी र कर कार्यलय एकअर्काका पुरकको रुपमा स्थापित गराउन सफलता मिलोस, हामी हरेक व्यबसायिक गतिविधि, कर सचेतना सहजीकरण तथा शिक्षामा साथ सहयोग र सहकार्य गर्न प्रतिबद्ध छौँ ।’ उनले भने ।
कार्यक्रममा उद्योग ब्यापार संघ, कपिलवस्तुका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल लगायत सस्थासङ्ग आबद्ध पदाधिकारी एबम सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव बासुदेव खनालले गरेका थिए ।