बुटवल । शिरदेखी पाउसम्म स्वदेशी उत्पादन प्रयोग होस् भन्ने उद्देश्यसहित बुटवलस्थित डेल्टा कम्प्लेक्समा मार्टमा सञ्चालित नेपाली लुगाघर र नेपाली लुगाघरले दशैँ अफर योजना ल्याएका छन् ।
दशैँको अवसरमा यही असोज १७ गतेदेखि कार्तिक ४ गतेसम्म कपडा र जुत्ता किन्दा १० देखि ५० प्रतिशतसम्म नगद छुटसहितका योजना सर्वजनिक गरेको हो । जुत्ता र लुगाघरले आइतबार पत्रकार सम्मेलन गरी छुटसहित सुरुमा आउने २ हजार जना ग्राहकलाई ५०० बरबारका जुत्ताचप्पल वा लुगाघरमाको कपडा खरिदमा एक जोड चप्पल उपहार दिने बताएको छ ।
लुगाघरका सञ्चालक प्रकाश भुसालले उपभोक्तालाई खुसी बाडनका लागि नयाँ योजना ल्याएको बताए । लुगाघरमा फ्रिडम, भर्जिनस्, याक एण्ड न्याक, गोफी, टयाग र केके गरी ६ वटा ब्राण्ड उपलब्ध छन् । त्यस्तै जुत्ता घरमा नेपालकै प्रतिष्ठत, शिखर, बिएफ डियरहिल, रन, सुल्याण्ड, ब्लाक हर्स, क्रसरोड, फस्टवाक, स्मार्टस् गरी वटा नेपाली ब्राण्ड उपलब्ध रहेका छन् ।
जुत्ता घरका सञ्चालक रुद्रप्रसाद न्यौपानेले संकटको बेलामा पनि नेपालमै उद्योग गर्न उद्योगी÷व्यवसायीलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताए । न्यौपानेले स्वदेशी उत्पादन र ब्राण्ड नेपाली जनताको घरघरमा उपभोग होस् भन्ने हेतुको साथ अभियानको थालनी गरिएको बताए । जुत्ताघर गएको वैशाख १ गतेदेखि र लुगाघर यहीँ असोज ३ गतेबाट सञ्चालनमा आएका हुन् । मार्टमा अहिले स्वदेशी उत्पादन प्रयोग गर्न उपभोक्ताको भीड लाग्न थालेको छ ।