छत्रपाली तिर्थादेवी माविमा बाल अधिकार चेतना समूह पुनर्गठन

मेचीकाली संवाददाता

१७ आश्विन २०८०, बुधबार
238 shares

सुनिल आचार्य

कपिलवस्तु । अनौपचनरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको सहयोग र बाल अधिकार चेतना समूहको आयोजनामा सोमबार मायादेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्थादेवी मावि पकडीमा बाल अधिकार चेतना समूहको पुनर्गठन गरिएको छ ।

भेलाले राज कुमार धोवीलाई पुन निर्विरोध चयन गरेको छ । धोवीको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार चेतना समूहको पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा मधुमाला तेली, सचिव गणेश कुमार हरिजन, सह सचिवमा अर्चना नाऊ र कोषाध्यक्षमा पुजा मुराउ चयन भएका छन् ।

यस्तै सदस्यहरूमा बिजय पाल, सनोहर कोहार, सलमान मनिहार, सनोज गुप्ता, निरज लोहार, सुहेल मनिहार, पुजा यादव, कान्सी कहार, पुजा चौहान, सोनिया बानिया, बिष्णु बानिया, सोनी चौधरी, संगीता चौहान, हरि ओम गुप्ता, बविता लोथ, लक्ष्मी कोरी लगायत चयन भएका छन् । भने विद्यालयका शिक्षक ज्ञानेन्द्र कुमार चौधरीलाई संरक्षक शिक्षकमा पुन चयन गरिएको छ ।

कार्यक्रममा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहका कोषाध्यक्ष अब्दुल्ला मुसलमानले बिद्यालय स्तरिय बाल अधिकार चेतना समूहको पुनर्गठनले बाल बालिकाहरुको क्षमता अभिबृद्धि हुने बताए । बाल अधिकार चेतना समूहलाई संरक्षण, प्रवद्र्धनका लागि मानव अधिकार शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने कोषाध्यक्ष मुसलमानले बताए ।

यस्तै छत्रपालि तिर्था देवी माविका शिक्षक बाल अधिकार चेतना समूहका संरक्षक शिक्षक ज्ञानेन्द्र कुमार चौधरीले बाल बालिकाहरूका समस्या समाधानकालागि सक्रिय रुपमा लागिरहेको बताए । थप सचेतीकरण गराउनका लागि यस बिद्यालयलाई छनोट गरि बाल अधिकार चेतना समूहलाई पुनर्गठन गरेकोमा इन्सेक कपिलवस्तुलाई धन्यवाद दिए ।

इन्सेक जिल्ला सहजकर्ता पार्वती आचार्यले कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी दिंदै बाल अधिकार चेतना समूहको पुनर्गठन गर्नुको मुख्य उद्देश्य शिक्षा , स्वास्थ्य , वातावरण र लैंगिंक बिभेदबारे बुझेर समस्या समाधानका लागि बााल बालिकहरुले पैरवी गर्न सकुन भन्ने रहेको बताइन ।

यस्तै कार्यक्रममा मानव अधिकार समूहका कोषाध्यक्ष अब्दुल्ला मुसलमान, सल्लाहकार हजरत बेलाल सदस्य मोहम्मद रजा मुसलमान, बिद्यालयका कक्षा ७ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । बाल अधिकारर चेतना समूहका अध्यक्ष राज कुमार धोवीले शिक्षाको अधिकार प्राप्तीको लागि समूहका पदाधिकारीहरुको सहयोगमा सक्रिय रुपमा लागि पर्ने प्रतिवद्धता जनाए ।