नवप्रभात सामुदायिक वनमा पुनः रेग्मी चयन

मेचीकाली संवाददाता

२२ आश्विन २०८०, सोमबार
365 shares

कपिलवस्तु। बाणगंगा नगरपालिका–८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको १३ औं साधारण सभा तथा ७ औं अधिवेसनबाट पुनः डिल्लीराज रेग्मी निर्विरोध चयन भएका छन् । जसको उपाध्यक्षमा मित्रलाल कंडेल, सचिवमा सीता भुसाल पाण्डे, सह सचिव प्रेम वि.क र कोषाध्यक्षमा लक्ष्मी पौडेल चयन भएका छन् ।

यस्तै लेखा संयोजकमा रामप्रसाद पौडेल, सदस्य तेजिन्द्र पौडेल (विष्णु), दया भण्डारी निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा मन कुमारी मल्ल, रन बहादुर थापा, शिव कुमारी थारु, सारदा पोख्रेल, सत्य नारायण थारु, मिना खड्का, बिमला घिमिरे, सोब बहादुर खासु, रुकमागत पन्थी र कल्पना गैरे निर्वाचित भएका छन् ।

नव प्रभात सामुदायिक वन उपभोक्ता समूहले थप उदाहरणीय कार्यहरु गर्दै आर्थिक र सामाजिक रुपान्तरणलाई जोड दिने नव निर्वाचित पदाधिकारीहरुले जोड दिएका छन् । अध्यक्ष रेग्मीले अघिल्लो कार्यकालमा उदाहरणीय कार्य गरेको भन्दै पुन निर्विरोध दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।

अधिवेसन पश्चात् सपथ लिँदै अध्यक्ष रेग्मीले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले सम्पूर्ण उपभोक्ताहरुको हितमा रहेर काम गर्ने प्रतिवद्धता जनाए ।