रेप्साको आयोजनामा बिसयगत शिक्षकहरुको गोष्ठी

मेचीकाली संवाददाता

२८ आश्विन २०८०, आईतवार
339 shares


तुलसीराम पौडेल
फर्साटिकर ,असोज २८

राइजिङ अंग्रेज़ी निजि बिद्यालय संगठन रेप्सा रुपन्देहिको आयोजनामा रेप्सासंग आवद्ध बिधालयका बिसयगत शिक्षकहरुको लागी गोष्ठी असोज २६ गते देखी रिद्धिसिद्धी पार्टी प्यालेसमा शुरु भयो। बिसयगत शिक्षकहरुलाई पाठ्यक्रम, शिक्षण बिधि, पाठ्यपुस्तकमा भएका समस्या र समाधान र बिद्यार्थी मुल्यांकनका आधारहरु जस्ता बिसयमा छलफल गरि अध्यापन प्रश्नपत्र निर्माणमा एक रुपता कायम गर्न बिसयगत गोष्ठीको आयोजना गरिएको रेप्सा रुपन्देहीका अध्यक्ष लोक शर्मा बस्यालले बताउनुभयो ।
गोष्ठीका विषयगत सहजकर्ता अन्तर्गत नेपालीको लागी अशोक घिमिरे र गङगाधर चापगाइ,अङ्ग्रेजीको लागी कपिलमणी ढकाल र बिष्णु न्यौपाने, गणितको लागी बिशाल चौधरी र कमल पौडेल ,बिज्ञानको लागि केशव कंडेल र प्रितम क्षेत्री , सामाजिकको लागी कृष्ण गौतम र चिन्तामणि खरेल, जनसंख्याको लागी झलक थापा ,लेखा अर्थशास्त्रको लागी कुलराज शर्मा रहने व्यवस्था मिलाइएको छ।
रेप्सा रुपन्देहीले दिएको जानकारी अनुसार आश्विन २६ गते नेपाली,२८ गते अंग्रेज़ी , २९ गते गणित , ३० गते बिज्ञान बिषयको गोष्ठी हुनेछ भने कार्तिक १ गते समापनको दिन सामाजिक र एच्छिक बिषयहरु जनसंख्या शिक्षा ,लेखा बिषयको गोष्ठी सम्पन्न गरिनेछ ।