पश्चिम् अमवामा शुक्रबारदेखि रामलिला हुने

मेचीकाली संवाददाता

२ कार्तिक २०८०, बिहीबार
781 shares


तुलसीराम पौडेल —
सियारी, कार्तिक २
रुपन्देहीको सियारी गाउँपालिका पश्चिम् अमवामा कार्तिक ३ गते शुक्रबारदेखि रामलिला नाटक संचालन हुने भएको छ। पौराणिक कालदेखि अमवामा बडा दशैको अवधिभर हुँदै आएको रामलिलालाई निरंतरता दिइएको छ।हरेक बर्ष गरिने रामलिलाले अमवामा अकाल मृत्युु ,रोग ब्याधी आउन नदिने धार्मिक मान्यता रहेकोे रामलिला संचालक समितिका कोषाध्यक्ष रामपाल यादवले बताउनु भयो ।
कार्तिक -३ गतेदेखि शुरु हुने रामलिला कार्यक्रम अन्तरगत कार्तिक ३ गते राम जन्म , ४ गते धनुष यज्ञ र सीता बिबाह , ५ गते राम बनवास र सीता हरण ,६ गते लङ्का दहन र ७ गते बडा दशैको दिन मेलामा रामद्वारा रावणको बध गरिनेछ र भरत मिलाप कार्यक्रम हुनेछ ।