भूकम्प पीडितलाई मिरा कोषले १ लाख बढि आर्थिक सहयोग गर्ने

मेचीकाली संवाददाता

१९ कार्तिक २०८०, आईतवार
248 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा रहेको मिरा कोषले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कोषका अध्यक्ष हेमलाल शर्माले भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने बताए । ‘सानो सहयोग भएपनि हामी यो दुःखको अवस्थामा साथ दिनुपर्छ भनेर सहयोग गर्ने निर्णय गरेका हौ । सानो सानो सहयोग जुटेर ठुलो हुने हो’ उनले भने । साथै उनले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

भुसालले कोषले सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रमा अप्ठयारा परेकाहरुलाई सहयोग गर्दै आएको भन्दै प्रत्येक बर्ष ४ लाख बढि रकम कोषबाट खर्च गरिने बताए । ०७८ सालमा स्थापना भएको ट्रसले प्राकृतिक प्रकोप, एकल महिला, बालबालिका, दुर्गम क्षेत्रका विद्यालयका जेहेन्दार विद्यालय, दिर्घ रोगीहरुलाई सहयोग गर्दै आएको छ । अध्यक्ष शर्माले ०७९ सालमा मात्र कोषबाट साढे ३ लाख बढि रकम सहयोग बापत खर्च गरिएको बताए । कोषबाट गत बर्ष गंगा आधारभुत विद्यालय गुल्मी चारपाला, दमकडा नमुना माध्यमिक विद्यालय पाल्पा, हाम्रो सगरमाथा आधारभुत विद्यालय तिलोत्तमा, रुरु गौशाला आश्रम, गणेशमान सैजु बृद्धा आश्रम बुटवललाई सहयोग गरिएको उनले बताए ।

मिरा कोषका संरक्षक मिरा शर्माले भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको भन्दै यो विपत्तमा सवै एक ठाउँमा उभिएर सहयोग गर्नुपर्ने बताईन । भूकम्पले पु¥याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले सरकारलाई उद्धार तथा राहतमा प्रभावकारी ढंगले काम गर्न आग्रह गरिन् । कोषमा हाल १० लाख १४ हजार रुपैयाँ रहेको छ ।