भूकम्प पीडितको सहयोगमा जुट्न उद्योग व्यापार संघ कपिलवस्तुको अपिल

मेचीकाली संवाददाता

२० कार्तिक २०८०, सोमबार
786 shares

कपिलवस्तु । उद्योग व्यापार संघ, कपिलवस्तुले कात्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको भुकम्पकबाट भएको ठुलो जनधनको क्षती भएकोमा दुःख व्यक्त गर्दै भूकम्प पीडितको सहयोगमा जुट्न अपिल गरेको छ । ‘उक्त घटनामा मृत्यु भएका व्यक्तिहरु प्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दै घाईतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौँ ।’ उक्त अपिलमा उल्लेख गरिएको छ ।

२०७२ सालको बिनासकारी भुकम्प र कोभिड महामारीका कारण देश बिसम परिस्थितीमा गैरहेको सबैलाई सर्वविदितै छ । त्यसमाथि पनि दिनानु दिन गैरहेका सानाठुला भुकम्पहरुको कारणले देशलाई एकदमै तर्सित बनाएको छ । कात्तिक १७ गते शुक्रबार मध्यरातमा जाजरकोट केन्द्र बिन्दु भएर गएको बिनासकारी भुकम्पले धेरै ठुलो जनधनको क्षती भएको छ । जसबाट धेरै घरबार बिहिन र घाईते भएका छन् भने धेरै जनाको ज्यान गुमेको छ ।

‘समग्र राष्ट्र पिडामा भएको यस अवस्थामा उद्योग व्यापार संघ कपिलवस्त एकदमै दुख व्यक्त गर्दछ । चरम आर्थिक संकटबाट गुज्रिरहेको यस अवस्थामा दैविप्रकोप हामीमाथि आईलागेको छ , यस बिपतको अवस्थामा राहात तथा उद्गारमा जुट्नु मानविय धर्म हो , हामीलाई थाहा छ तर पनि हामिले आफ्नो छाक कटाएर भए पनि सक्दो सहयोग गरौं । यस्तो विपदको घडिमा सर्वसाधारण नागरिकले आ आफ्नो क्षमता अनुसार सहयोगका लागि हार्दिक अपिल गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

तपाईहरुको सहयोग एकद्वार प्रणाली अन्र्तगत प्रधानमन्त्रि दैविप्रकोप कोष मार्फत पीडित सम्म पु¥याउने प्रतिवद्धता सहित तपाईको सहयोगको उच्च मुल्यांकन गरिने दृढता व्यक्त गर्दछौ भनिएको छ । सहयोगका लागि उद्योग व्यापार संघ, कपिलवस्तु , शाईन रेसुङ्गा डेवलपममेन्ट बैंक जितपुर कपिलवस्तुको खाता नम्बर ०१६००१००५३८५७८०००००१ मा सहयोग गर्न सम्पुर्णमा उद्योग व्यापार संघ , कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले आग्रह गरेका छन् ।