अर्घाखाँची । लायन्स क्लब अफ अर्घाखाँचीले बिगत केही वर्षदेखि जटिल प्रकारको रोगबाट ग्रसित भई उपचारको प्रखाईमा अस्पतालको बेडमा छटपटाईरहेका सन्धिखर्क नगरपालिकाका श्यामलाल नेपालीलाई आर्थिक सहयोग गरेको छ ।
अर्घाखाँची र छिमेकी जिल्ला गुल्मीमा कार्यरत कर्मचारी लगायत विभिन्न सहयोगी मनहरुबाट सहयोग रकम संकलन गरी संस्थाका डाइरेक्टर एवं राष्ट्रसेवक कर्मचारी दुर्गा बहादुर बिकले नेपालीलाई हस्तान्तरण गरेका हुन् ।
विकले आफू अर्घाखाँचीमा कार्यरत भएपनि छिमेकी जिल्लामा पनि सहकार्य गरी १२ हजार ५ सय रुपैयाँ संकलन भएको बताए । उनले सामाजिक कामलाई पहिलो प्राथमिकता राखेर जिल्लामा विभिन्न संघ संस्थामा नेतृत्व गदै आएका छन् । उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
नेपाली लामो समयदेखि पेटमा पानी भरीएर छटपटाई रहेका छन् । उनलाई सहयोग गर्न ईच्छुकले इ–सेवा ९८४७१०९६३७ मा पैसा पठाउन सकिने बताइएको छ ।