तुलसीराम पौडेल —
रुपन्देही , कार्तिक २३
रुपन्देही स्थित शुद्दोधन गाउँपालिकामा सहकारी तथा गरीबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि ३ दिने तालिम बिहीबार सम्पन्न भयो ।शुद्दोधन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सहकारी शाखाको आयोजनामा कार्तिक २०,२१ र २३ गते उक्त तालिम सम्पन्न गरेको हो ।
तालिममा शुद्दोधन गाउँपालिका अन्तरगतका सम्पूर्ण सहकारीहरुका अध्यक्ष तथा व्यबस्थापकहरुको सहभागिता रहेकोे थियो ।तालिमको सहजीकरण प्रशिक्षकहरु सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनी, सिद्दार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गर्नुभएको थियो ।


तालिम एक कार्यक्रमका बीच समापन भएको थियो ।सहकारी संजाल शुद्दोधनका अध्यक्ष लेखबहादुर खत्रीको अध्यक्षता र शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
शुद्दोधन गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट महाकल्प कृषि सहकारीका अध्यक्ष चिन्तामणी खरेलले सहकारी तालिम सम्बन्धि आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।


