त्रिवेणी सहकारीले मनायो स्थापना दिवस

मेचीकाली संवाददाता

५ मंसिर २०८०, मंगलवार
244 shares

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–२ स्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं स्थापना दिवस मनाएको छ । मंगलबार शुभकामना आदानप्रदानसहित स्थापना दिवस मनाइएको हो ।

सहकारीका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता र सचिव नारायणप्रसाद भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोबिन्द बिसी, पूर्वअध्यक्ष चन्द्रप्रसाद बन्जाडे, संस्थापक उपाध्यक्ष शोभाखर भुसाल, कोषाध्यक्ष रामप्रसाद पन्थीलगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको संस्थाका सदस्य शिव बेल्वासेले जानकारी दिए ।

यसैबिच सहकारीले आफ्नो स्थापना दिवसको अवसरपारी सन्धिखर्क नगरपालिका–९ नौलापानी निवासी श्यामलाल नेपालीलाई नगद रु.५ हजार सहित हरलिक्स प्रदान गरेको छ । विगत १४ वर्षदेखि पेटमा पानी जम्ने समस्या भएका नेपालीलाई उपचारमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत समुदायसंग त्रिवेणी कार्यक्रमलाई लक्षित गरी नेपालीको निवासमै पुगी आर्थिक रमक सहयोग गरिएको संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा संस्था अध्यक्ष घिमिरेसंगै पूर्वअध्यक्ष चन्द्रप्रसाद बन्जाडे, कोषाध्यक्ष टोपलाल खनाल, संस्थापक पूर्वउपाध्यक्ष शोभाखर भुसालसहित शिव बेल्वासे, शालीकराम बन्जाडे, खिमप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो । २०६८ सालमा स्थापित संस्थामा हाल १२ सय ४८ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् भने करिब १७ करोडको कुल पूँजी रहेको छ । यस्तै १० करोड २१ लाखभन्दा माथि ऋण लगानी, १० करोड ५२ लाख बचत र ३ करोड ५२ लाख रुपैयाँको शेयर पूँजी रहेको सहकारीका व्यवस्थापक तुल्सी खनालले जानकारी दिए ।

१ करोड ६ लाख रुपैया जगेडा कोष रहेको संस्थाले ९.३ प्रतिशत लाभांस रकम वितरण गरेको व्यवस्थापक खनालले बताए । संस्थाले विभिन्न सामाजिक कार्यसंगै सचेतनामूलक गतिबिधिहरु सञ्चालन गर्दे आइरहेको छ ।