बुटवल । सडक दुर्घटनामा परी बुटवलमा शुक्रबार एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ स्थित पश्चिम नहरपुर क्षेत्रको बेलवास बेथरी सडकमा मोटरसाइकल र बोलेरो भ्यान ठोक्किँदा अर्घाखाँचीको मालारानी गाउँपालिका–३ का ४५ वर्षीय शालिकराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु १ च ७०२४ नम्वरको बोलेरो भ्यान र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किँदा बुटवल–११ देविनगर बस्ने प्यूठानको झिमरुक गाउँपालिका बाँदीकोटका २४ वर्षीय शेखर पोख्रेल गम्भीर घाइते भएका वडा प्रहरी कार्यालय रामनगरका वरिष्ठ प्रहरी नायव निरीक्षक खिम जिसीले जानकारी दिनुभयो । घाइते खनालको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।