स्कुलबसको ठक्करबाट दाजुबहिनीको मृत्यु, स्थानीयले जलाए बस

मेचीकाली संवाददाता

१७ मंसिर २०८०, आईतवार
255 shares

बुटवल । लुम्बिनीमा शनिबार बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दुई जनाको मृत्यु भएको छ भने भए एक जना गम्भीर घाइते भएका छन् । रूपन्देहीको लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट लु १ क १७७८ नम्बरको बसले ठक्कर दिँदा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षका महम्मद इसाद र १६ वर्षकै रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो ।

दुईघटनामा मोटरसाइकलमा सवार १२ वर्षकै अप्सना खानुतको घाइते भएकी छन् । घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । घाइते खातुनको अवस्था पनि गम्भीर छ । महम्मदले बहिनी रूपसना र अप्सरा (भदैनी) लाई मदरसा लैजाँदै थिए । मोटरसाइकलमा तीन जना सवार थिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारी स्थित लुम्बिनी–ककरहवा सडक खण्डमा बिहान ९ बजे दुर्घटना भएको हो । रूपन्देहीका प्रहरी प्रवक्ता डिएसपी मनोहर भट्टले उनीहरू एकै परिवारको रहेको बताइए पनि पुष्टि हुन बाँकी रहेको बताए ।

‘गाडीले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको देखिन्छ,’ आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । शनिबार बस कहाँ जाँदै थियो भन्ने बारे पुष्टी हुन बाँकी छ ।’ डिएसपी भट्टले भने । घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विनोदकुमार श्रीवास्तवले मदरसा जाने क्रममा गाडीले ठक्कर दिएको बताए । ‘वडा नम्बर ४ अमारी गाउँका छेदी मुसलमानका इसाद र रुपसना छोराछोरी हुन्,’ वडा अध्यक्ष श्रीवास्तवले भने, ‘लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ कालीदहस्थित बहिनी र भदैनी (दाई को छोरी) लाई मदरसा छाडन जाँदै थिए । बाटोमा गाडीको ठक्करबाट इसाद र रुपसनमा मृत्यु भयो । नातिनी घाइते छन् ।’ मदरसा मुस्लिस समुदायका बालबालिका पढ्नै शैक्षिक संस्था हो । पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएका छन् । मदरसा शनिबार पनि खुल्ने गर्छ ।