कालिका क्याम्पसमा खेल सप्ताह सुरु

मेचीकाली संवाददाता

१७ मंसिर २०८०, आईतवार
301 shares

बुटवल, मंसिर १७ । बुटवल कालिका क्याम्पसको १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी खेल सप्ताह २०८० शुरु भएको छ । आइतबार एक समारोहका बिच लायन्स ईन्टरनेश्नल ३२५ पि का डिजि अर्जुनमान सैजुले उद्घाटन गर्दै शिक्षक, विद्यार्थी, कलेज ब्यवस्थापन समिति, अभिभावक सबैको योगदानकै कारण कलेजको गरिमा उचो भएको बताए । हरेक ब्यक्तिले दाम नभई नामको लागि काम गर्न सुझाव दिदै उनले राम्रो कामको प्रतिफल आफै प्राप्त हुने बताए । युवा पिढीलाई आफ्नै जन्मभूमिमा कर्म गर्न उनले सुझाव दिए ।

कार्यक्रममा कलेजका प्राचार्य घनश्याम पाठकले छोटो समयमा सामुदायिक कलेजतर्फ देशकै गरिमा बोकेको कलेजको रुपमा परिचान बनाउन सफल भएको बताए । कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले युवाहरुलाई पलायन रोक्ने गरि देशमै केही गर्ने सोच बनाउन आग्रह गरे ।

कार्यक्रममा कलेजका अध्यक्ष होम बहादुर गलामी, कालिका मानव ज्ञान माविका अध्यक्ष नित्यानन्द ज्ञवाली, बिबिएस को अर्डिनेटर बुद्धिराम चौधरीले शिक्षा र खेलकुद एक अर्काको परिपुरक भएको गर्दै कलेज यसमा सधै अग्रसर रहेको बताए । खेल सप्ताह अन्तर्गत कबड्डी, चेस, दौड (१००÷४०० मिटर) छात्रछात्रा, क्रिकेट, भलिबल (छात्रा), टेबलटेनिस, डोरी तान्ने (छात्रछात्रा) लगायत कार्यक्रम गरिने खेल संयोजक रेश्मीराज शर्माले बताए ।

यसैगरी हाजिरी जवाफ, अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धा, रक्तदान कार्यक्रम, निःशुल्क आँखा जाँच शिविर, निःशुल्क दन्त परिक्षण समेत गरिने उनले बताए । कलेजमा बिबिएस, बिसिए र बिएडमा २ हजार पाँच सय विद्यार्थी अध्ययरत छन् । बिएसडब्लु र एमएआरडी दुई विषयको अध्यापन शुरु गरेको छ ।