सामाजिक सहकारीको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२३ मंसिर २०८०, शनिबार
263 shares

बुटवल । बुटवल–८ स्थित सामाजिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उट्घाटन गरिन् । सोही अवसरमा बोल्दै अर्यालले अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताइन् । देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्र्ने उनले बताइन् । उपप्रमुख अर्यालले पछिल्लो समय सहकारी संस्थाहरुमा देखिएका समस्याहरुलाई चिर्दै उत्कृट काम गरि उदारणीय संस्था बन्न सुझाव दिइन् । सहकारी सबैका लागि हो भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको उनले बताइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष दिपकप्रसाद अधिकारीले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने बताउँदै अध्यक्ष अधिकारीले संस्थाको छविलाई अझ उचाइमा पु¥याउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरिन् । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने बताउँदै उनले सबैलाई सहयोग गर्न आग्रह गरे । कोषाध्यक्ष दिपककुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरे । कार्यक्रममा कानुनी सल्लाहकार कमm बस्याल, सल्लाहकार भगवति वस्याल, शेयर सदस्य गोकर्ण ज्ञवाली लगायतले शेयर सदस्यहरुलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सहकारीमा ३४६ जना शेयर सदस्य रहेका छन् भने शेयर पूँजी १ करोड ३३ लाख ५० हजार पाँच सय रुपैयाँ रहेको छ । सहकारीले १८ लाख ९३ हजार ९५३ रुपैयाँ ऋण लगानी गरेको छ ।

साथै संस्थाले साधारण सभाको अवसरमा शनिबार बिहान बृहत् रक्तदान तथा निःशुल्क सुगर परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको र दुई सय बढी सदस्यले सुगर परीक्षण गरेको अध्यक्ष अधिकारीले बताए ।

मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले संस्थाले सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए । रक्तदानको मानवजीवनमा ठूलो महत्व रहेको उनको भनाइ थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए । संस्थाका उपाध्यक्ष भुपती गैरेको स्वागत तथा सचिव कोशलराज गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।