आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको मृत्यु 

मेचीकाली संवाददाता

२४ मंसिर २०८०, आईतवार
430 shares
सांकेतिक तस्विर

पाल्पा । आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–४ मित्यालका ४८ वर्षीय डम्मरबहादुर सारु मगर रहेका छन् ।

बारीमा आएको जंगली जनावर (दुम्सी) मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा घाइते भएका सारुलाई उपचारका लागि रामपुर अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घटनास्थलबाट एक नाले भरुवा बन्दुक र भिर्ने झोला समेत बरामद भएको प्रहरीले जनाएको छ ।