नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व समीक्षा

मेचीकाली संवाददाता

२९ मंसिर २०८०, शुक्रबार
207 shares

कपिलवस्तु । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षा शुक्रबार कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२३ मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ३ सय ५४ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत घटनाहरूमा बाल अधिकार अन्तरगत बलात्कारका सोह्र वटा, शरिर बन्धक बलात्कार दुई, यौन दुर्व्यवहारका दुई, यौन दुरुपयोग चार, महिला अधिकार अन्तरगत बलात्कार आठ वटा, बलात्कार प्रयास चार वटा, बलत्कार प्रयास हाडनाता एक, मानव बेचविखन तथा ओसारपसारका दुई वटा, परिवारजनबाट हत्या सात वटा रहेको छ ।

यस्तै लागू औषध ब्राउन सुगर घटनाका आरोपीतको प्रहरी हिरासतमा उपचारको क्रममा मृत्यू एक, अपहरण तथा शरिर बन्धक एक, बहुविवाह पाँच, कुटपीट दुई, अभद्र व्यवहार एक, लैगिंक हिंसा तथा घरेलु हिंसाबाट २ सय ९८ जना पीडित भएको तथ्याङ्क जिल्ला प्रतिनिधि आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

समिक्षामा कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले बिगतका वर्षहरुको तुलनामा भन्दा यस वर्ष मानव अधिकारका घटनाहरुमा केही कमी आएको बताउनु भयो । मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुमा कमी ल्याउन स्थानिय सरकारले समुदाय स्तरमा जनचेतना मूलकका कार्यक्रमहरुलाई थप प्राथमिकता दिनुपर्ने आचार्यको भनाई छ ।

हिंसाका घटनाहरुलाई न्यूनिकरण गर्न बिभिन्न संघसंस्था र सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी भएको बताउँदै इन्सेकले अभिलेख गरेका तथ्यांकहरु प्रस्तुतले जिल्लाको मानव अधिकारको अवस्थाबारे जानकारी लिन सहज भएको बताउनु भयो । नेपाल सरकारका निती र पोलिसी राम्रो बने पनि नागरिकहरुले पाउनु पर्ने सेवा दुरुस्त रुपमा नपाउनु दुखको कुरा भएको बताउँदै मानव जिवन र अ‍ौषधी स्वास्थ्यसंग जोडिएको हुँदा व्यवस्थित गर्नु पर्ने बताउनु भयो । न्यायीक समितीहरु सक्रिय भए धेरै हिंसाहरु स्थानियतहमा नै समाधान हुने प्रमुख आचार्यको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत मानव अधिकारको अवस्थालाई तथ्यको आधारमा देखाउने एक दस्तावेज भएको बताउनु भयो । स्थानियतहमा रहेका न्यायीक समिती सक्रिय भए जिल्ला प्रशासन र प्रहरीमा बिभिन्न घटनाका उजुरीहरुमा कमी हुने भएको भन्दै जिल्लामा बढ्दो आत्महत्याको घटनालाई न्यूनिकरण गर्न इन्सेकले बिशेष भूमिका खेल्न आवश्यक देखिएको बताउनु भयो ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बढदो अनमेल विवाह र आत्महत्याका घटनालाई न्यूनिकरण गर्न इन्सेकले बिभिन्न सरोकारवालाहरुसंग अन्तरक्रिया गरि मानव अधिकारको संरक्षण गर्नुपर्ने बताउनु भयो । सत्यतथ्य घटना अभिलेख गर्ने ईन्सेकले बढ्दो आत्महत्याका घटनाहरुलाई न्यूनिकरणका लागि मानव अधिकार वर्ष पुस्तकमा समावेस गर्दै अभियान संचालन गर्नुपर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी गंगा बहादुर थापाले थुनुवाहरूको मानव अधिकार प्रति प्रहरी जिम्मेवार रहेको बताउनु भयो । मानव अधिकारप्रति जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र मातहतका ईकाईहरु मानव अधिकारको क्षेत्रमा संवेदनसिल भएर काम गरिरहेको बताउनु भयो ।

शिक्षा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले मानव अधिकार उल्लघंनका घटनाहरुमा कमी ल्याउन शिक्षामा लगानी लगाउनु पर्ने बताउनु भयो । इन्सेक सदस्य रुकैया खातुनले स्थानियतहले आफ्नो जिम्मेवारी पुरा गर्न सके र नगरिकहरुलाई सचेतीकरण गर्ने हो भने मानव अधिकार उल्लंघनका घटनाहरुमा कमी आउने बताउनु भयो ।

माहुरी होम कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुरले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि देशैभरिका मानव अधिकार उल्लघंनका घटनाहरुको तथ्यांकलाई मानव अधिकार वर्ष पुस्तकमा समेट्नु नै एक तस्तावेज भएको बताउनु भयो । इन्सेक संस्थाले राज्यलाई झकझकाउने कार्य गर्दै आउनुका साथै जिल्लाका बिभिन्न स्थानमा पुगी बिभिन्न समुदाय र सरोकारवालाहरुसंग संकलन गरिएका तथ्यांक प्रस्तुतले मानव अधिकारको अवस्थाबारे जान्न सहज भएको बताउनु भयो ।

बरिष्ठ मानव अधिकारकर्मी पशुपत्तिमणी त्रिपाठीले जिल्लामा बढदो वाल विवाहलाई रोक्न सबै सरोकारवालाहरु लाग्नु पर्नेमा जोडदिनु भयो । इन्सेकसंग आवद्ध मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले नेपाल मानव अधिकार वर्ष पुस्तक कपिलवस्तुमा मात्र नभएर देशकै ऐना भएको हुँदा इन्सेकले अभिलेख गरिएका घटनाहरुमा सरोकावालाहरुले सत्यतथ्य घटनाका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।

ओरेक नेपालका मनोविमर्शकर्ता सुस्मा आचार्यले साईवरक्राईमको उजुरीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट कार्यान्वय गनुृपर्ने बताउँदै इन्सेक मानव अधिकार वर्ष पुस्तकमा समेत यस्ता खाल्का समस्याहरुलाई समेट्नु पर्ने सुझाव दिनुभयो ।

सुरक्षित आवास गृह कपिलवस्तुका प्रमुख बिमला घिमिरेले जबरजस्ती करणी भएका महिलाहरुबाट जन्मीएका बालबालिकाहरुको अधिकारकालागि आवश्यक कागजपत्रहरुमा सहजीकरण गर्न इन्सेकलाई आग्रह गर्नुभयो । उनिहरुको गासवास र शिक्षाको सुनिश्चितताको लागि सहयोगको आवश्यकता भएको उहाँको भनाई छ ।

नव जिवन संस्थाका प्रमुख तथा लैंगिंक यौनिक तथा अल्पशंख्यक समुदायका अभियान्ता प्रेरणा बिष्टले लामो समयको संघर्ष पश्चात समुदायलाई राज्यले नागरिकताको बिषयमा संबोधन गरेको बताउनु भयो । यस लैगिंक यौनिक तथा अल्पशंख्यक समुदायको बिषयलाई स्थानिय पाठ्यक्रममा समेटन सके सबैले समुदाय केहो भन्ने बिषयमा बुझ्न सक्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितका उपप्रमुख रमेश कुर्मी, गैर सरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय, शसस्त्र प्रहरी कार्यालयका डीएसपी हिरा बहादुर बोहरा, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य लगायतको उपस्थिती रहेको थियो ।