यज्ञोदय भुतपुर्व बिद्यार्थी मन्चको दोश्रो अधिबेशन

मेचीकाली संवाददाता

१ पुष २०८०, आईतवार
780 shares

कृष्ण पौडेल,

सियारी शुद्धोधन

रुपन्देहीको शुद्धोधन गा.प – ३ स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस अन्तर्गत यज्ञोदय भुतपुर्व बिद्यार्थी मन्चको दोश्रो अधिबेशन सम्पन्न भयो ।सम्पन्न अधिवेशनले निरु शर्मा न्यौपानेको अध्यक्षमा सर्बसम्मत रूपमा नया कार्यसमिति निर्बाचित गरेको छ।त्यसै गरि उपाध्यक्षमा राजन पौडेल, सचिवमा संजय थारु , सहसचिबमा राजिब घिमिरे, कोषाध्यक्षमा ममता गैरे , सदस्यहरुमा गङ्गाधर चापगाइ ,माया गैरे , सन्जिब चौधरी, पुष्पा पौडेल, सुनिल हरिजन, धुर्ब सुवेदी सर्वसम्मत चयन भएका छन। सल्लाहकारहरुमा चिन्तामणि खरेल, अर्जुन थापा क्षेत्री र खेम बहादुर कुवर रहेका छन ।कार्यक्रम चिन्तामणि खरेलको अध्यक्षता र शुद्दोधन गा.प वडा न .४ का अध्यक्ष केशव अधिकारिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। निरु शर्मा न्यौपानेको स्वागत मन्तव्य तथा राजन पौडेलको सन्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख टंक पौडेल, बिजय बिक्रम टण्डन लगायतले मन्तव्य दिनुभएको थियोे ।