बुटवल । नेपाल जेसीज वर्ष २०२४ को अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट तीन प्रतिस्पर्धीलाई पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । उनी नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् भने अघिल्लोपटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए । पोेखरेलले ५१० मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् । अध्यक्ष पदमा विजय गुरुङ र रश्मी शिल्पकार पनि उम्मेदवार थिए ।
यस्तै कार्यकारिणि उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर र सन्दिप अग्रहरी विजयी भए । महासचिवमा सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेशचन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भए । उपाध्यक्षमा अमर घिमिरे, सौरभ श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत सुरेन्द्रकुमार महतोले जानकारी दिए ।
नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा (१७ जना निर्वाचित) एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको थियो । कुल मतदाता १ हजार ३२ जना थिए भने मतभार १ हजार २१६ थियो ।