तेस्रो शुद्दोधन शैक्षिक महोत्सव शुरु

मेचीकाली संवाददाता

३ पुष २०८०, मंगलवार
320 shares


तुलसीराम पौडेल —
रुपन्देही ,पौष ३
रुपन्देहीको शुद्दोधन गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाको आयोजनामा तेस्रो शुद्दोधन शैक्षिक महोत्सव ,रास्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता आजदेखी शुरु भयो ।शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले उदघाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले खेलकुद अब वडा स्तरीय हुनुपर्नेमा जोड दिनु भयो ।महोत्सवमा गाउँपालिका अन्तरगतका सामुदायिक तथा सस्थागत सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको थियोे ।शैक्षिक महोत्सव पौष ६ गतेसम्म संचालन हुने आयोजकले बताएका छन् । महोत्सव अवधिभर विभिन्न किसिमका खेल , हाजिरी जवाफ ,वक्तृत्वकला लगायतका प्रतियोगिताहरु हुनेछन् । मंगलवार मावी छात्र छात्रा तर्फ १००मिटर र १५ ०० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ भने आधारभुत तह छात्र छात्रा तर्फ १०० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा शुद्दोधन गाउँपालिका प्रवक्ता तथा सामाजिक शिक्षा संयोजक केशव अधिकारीले कार्यक्रमको उद्देशमाथी प्रकाश पार्नुभएको थियोे ।
कार्यक्रममा शिक्षक महासंघ शुद्दोधनका अध्यक्ष खिमानन्द भुसाल ,नेपाली काङ्ग्रेस शुद्दोधनका अध्यक्ष दामोदर पौडेल ,शुद्दोधन वडा नम्बर दुइका अध्यक्ष कमल खड्का ,शुद्दोधन वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी ,नेकपा एमाले शुद्दोधनका उपसचिव नमराज आचार्य ,नेकपा माओवादीका अध्यक्ष रुक्मांगद खनाल ,जनता समाजवादीका अध्यक्ष तोलेस्वर लोध ,जनमुक्तिका मीन बहादुर पल्लीमगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
शुद्दोधन गाउँपालिका प्रवक्ता केशव अधिकारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता, उपाध्यक्ष शान्ता देवि ज्ञवालिको विशिस्ट आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले गर्नुभएको थियो ।