पार्वती आचार्य
कपिलवस्तु । बालबिवाह अन्त्यकालागि विश्वव्यापी किशोरकिशोरी सशक्तिकरण परियोजनाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । माहुरी होम कपिलवस्तु र भिएसओको संयुक्त आयोजना र युएनएफपीएको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमले सशरण चौधरीले वाल विवाह अन्त्यका लागि नीतीको पालना गरि शिक्षाको पौंचलाई पहिलो प्रथमिकता दिनुपर्ने बताए ।
यस्तै महाराजगंज नगरपालिकाका उपप्रमुख रिता देवी चौधरीले शिक्षा नै महत्वपूर्ण भएको हुँदा पहिलो प्राथमिकता पढाईलाई दिन किशोरकिशोरीलाई आग्रह गर्दै नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाईन् । वालविवाह न्यूनिकरण गर्न शिक्षा , स्वास्थ्य र रोजगारको ग्यारेन्टीका लागि किशोरकिशोरीहरुले शिक्षामा ध्यान दिन आग्रह गरिन् ।
समिक्षा कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले वाल विवाहलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने सबैको चिन्ताको बिषय भएको बताए । वाल विवाहले शैक्षिक , शारिरीक , मानसिक र आर्थिक बिकासमा असर पार्दै गएको हुँदा यसलाई न्यूनिकरण गर्न सबै सरोकारवालाहरु लाग्नु पर्नेमा जोड दिए । समाजलाई कसरी संमृद्धि गर्न सकिन्छ भन्ने बिषयमा लागि परेको बताउँदै बालबालिकाको बिषयमा वडाले प्रत्येक बर्ष बजेट बिनियोजन गर्दै आएको बताए । वाल विवाह अन्त्यका लागि किशोरकिशोरीलाई सचेत हुन आग्रह समेत गरे ।
यसैगरी फतिमा फाउण्डेसनका रुकैया खातुनले वाल विवाह न्यूनिकरण गर्न रुपान्तरण कक्षा संचलनलाई निरन्तरता दिनुपर्ने र वाल विवाह न्यूनिकरण गर्न किशोरकिशोरीहरु नै लाग्न आवश्यक भएको हुँदा वाल विवाह नगर्न र नगराउन आग्रहह गरिन् ।
किशोरकिशोरीहरुले माहुरी होम कपिलवस्तुले संचालन गरेको रुपान्तरण कार्यक्रमले बोल्ने बानि र आफ्ना समस्याहरु राख्न सक्षम बनाएको भन्दै खुशी व्यक्त गरेका छन् । सानो उमेरमा हुने वाल विवाहले शारिरीक र मानसिक रुपमा समस्या समेत आउने भएको हुँदा वाल विवाह अन्त्य गर्न लागि गाउँ समाजमा बिभिन्न कार्यक्रम र अभियानहरु संचालन गर्नुपर्ने बताएका छन् ।
कार्यक्रम कपिलवस्तु जिल्ला र रोल्पा जिल्लामा संचालन छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाको १ , २ , ३ र ४ मा , महाराजगंज नगरपालिकाको १ , २ र ९ मा , शुद्धोधन गाउँपालिकाको १ , ३ , ४ , ५ र ७ मा र शिवराज नगरपालिकाको वडा नं. ६ र ७ मा कार्यक्रम संचालन छ । यस्तै रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकाको १ , २ , ३ र ७ मा , रोल्पा नगरपालिकाको १, ६, ७, ८, ९ र १० मा , परिवर्तन गाउँपालिकाको १, २, ३, ५ र ६ मा र सुनील स्मृती गाउँपालिकाको ३, ६, ७ र ८ मा कार्यक्रम संचालन भएको माहुरी होम कपिलवस्तुका अध्यक्ष प्रेम जयसवालले बताए ।
परियोजना अन्तर्गत वाल विवाह तथा लैंगिंक हिंसाको अन्त्य गर्न किशोरीहरुलाई सशिक्तकरण गर्न , सामाजिक तथा लैगिंक मान्यतामा रुपान्तरण ल्याउन , वाल विवाह रोकथाममा स्थानिय सरकारको प्रयास तथा सक्रियता बढाउन र अभिभावक र किशोरकिशोरी विचको समन्वय सहकार्य बलियो बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको माहुरी होमका बरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुरले बताए । यसैगरी रोल्पामा ८ सय र कपिलवस्तुमा ९ सय गरी १ हजार ७ सय जना किशोरकिशोरीहरुले प्रत्येक्ष रुपमा रुपान्तरण शिक्षा प्राप्त गरेका छन् ।
यसैगरी कपिलवस्तु र रोल्पा जिल्लामा १ हजार ७ सय अभिभावकहरुले प्रत्येक्ष रुपमा सकारात्मक अभिावकत्व शिक्षा प्राप्त गरेका छन् । कपिलस्तुमा र रोल्पा जिल्लामा २ सय ८० जना मुश्लिम , दलित , अतिविपन्न र अपांगता भएका किशोरीहरुलाई शैक्षिक सामाग्रि सहयोग गरिएको छ । भने दुई जिल्लाका १ सय ८० बढी धर्मगुरुहरुसंग वाल विवाह अन्त्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गरिएको अध्यक्ष जयसवालले बताए । रोल्पा जिल्लामा जिल्ला स्तरिय किशोरकिशोरी संजाल गठन गरि परियोजना अन्तर्गत कार्यक्रम संचालन गरिएको छ भने किशोरकिशोरीहरुले वाल विवाह रोक्न अहम भूमिका खेलेका छन् ।
कार्यक्रममा माहुरी होम कपिलवस्तुका अध्यक्ष प्रेम जयसवालको अध्यक्षतामा वडा अध्यक्षहरु , कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल , शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालिी , सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ , मानव अधिकार रक्षक संजाल लुम्बिनी प्रदेशका संयोजक रविन्द्रनाथ ठाकुर , महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष पुष्पा रेग्मी , साथी संस्था कपिलवस्तुका प्रमुख बिमला घिमिरे , रुपान्तरण समूहका सहहजकर्ताहरु लगाएतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम माहुरी होमका बरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुरको स्वागत मन्तव्य तथा महासचिव संगिता चौरासियाको संचालनमा सम्पन्न भएको थियो । शिक्षालाई निरन्तरता दिनका लागि कपिलवस्तु नगरपालिका भित्रका रुपान्तरण समूहका ३० जना किशोरकिशोरीहरुलाई स्कूल व्याग हस्तान्तरण गरिएको थियो ।