पार्वती आचार्य
कपिलवस्तु । कृष्णनगर नगरपालिकामा फोहोरमैला व्यवस्थापना सुधार आएको छ । आर्थिक बर्ष ०८०÷०८१ मा नगरपालिकाले सरसफाई तथा फोहोरैला व्यवस्थापनका लागि रु. ७२ लाख ४८ हजार बजेट बिनियोजन गरि व्यवस्थापन कार्य शुरु गरेसंगै सुधार आएको हो । पालिकाले स्थानिय सरकार ऐन २०७४ को दफा १२ को उपदफा २ को ग (११) अनुसार फोहोरमैला व्यवस्थापन कार्यलाई अगाडी बढाईएको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताए ।
फोहोमैला व्यवस्थापनका लागि भदौ १८ गते अनलाईन सुचना प्रकाशित गरी दर्ता हुन आएका फर्म मध्ये सबै भन्दा कम मूल्यको बोलपत्र पेश गर्ने प्रिजम एण्ड प्राप्ती कन्ट्रक्सन प्रालि काठमाडौंसंग असोज २१ गतेको आशयको सूचना प्रकाशन गरिएको थियो । सो पश्चात कात्तीक १३ गते कृष्णनगर नगरपालिकाको कार्यालय र उक्त फर्म बिच सम्झौता गरि कार्य अगाडी बढाईएको कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले बताए ।
कात्तीक १३ गते को संझौता अनुसार हाल कृष्णनगर नगरपालिकाको नडा नं. १ , २ र ३ को कृष्णनगर बजार क्षेत्र र वडा नं. ८ र ९ को बहादुरगंज बजार क्षेत्रमा प्रिजम एण्ड प्राप्ती कन्ट्रक्सन प्रालिले ठेक्का मार्फत आवश्यक जनशक्ति परिचालन गरि नियमित फोहोरमैला संकलन गर्ने र व्यवस्थापन गर्ने कार्य भैरहेको प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिए ।
उक्त कम्पनीले फोहोमैला नियमित संकलन गरि तोकिएको क्षेत्रमा पु¥याउने कार्य गर्दै आएको छ । भने सो कार्य गरे अनुसार नगरपालिकाले मासिक रकम भुक्तानी गर्दै आएको छ । हाल सम्म फोहोरमैला व्यवस्थापनमा रु.९ लाख रुपैंयाँ खर्च भएको नगरपालिकालाई संमृद्ध नगरपालिका बनाउन पालिका लागि परेको कृष्णनगर नगरपालिकाले जनाएको छ ।