रुपन्देहीमा तमु गुरुङ ल्होसार २०८० को तयारी

मेचीकाली संवाददाता

६ पुष २०८०, शुक्रबार
246 shares


तुलसीराम पौडेल —
रुपन्देही , पौष ५
रुपन्देही जिल्लाको बुटवल स्थित तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद को आयोजनामा तमु ल्होसार २०८० शुरु भएको छ। पौष १ गते बाटै पर्व शुरु भएको बताईएको छ। विरालोलाई बिदाई गरुडलाई स्वागत गर्ने परम्परा अनुसार यो पर्व मनाउने गरिएको गुरुङ समुदायको भनाइ रहेको छ।
कार्यक्रममा तमु गुरुङ समुदायहरुका लुम्बिनी प्रदेश प्रमुख झपट बहादुर तमुगुरुङले तमु गुरुङ समुदायले बनाउने पर्वको अवसरमा सबै गुरुङ र गैर गुरुङहरुलाई शुभकामना दिनु भयो। यो पर्व तमु गुरुङ समुदायको मात्रै नभई सम्पूर्ण नेपालीको पर्व रहेको बताउनु भयो ।

गुरुङहरू नेपालकाे अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमालको काख तथा हिमचुलीको दक्षिण पाखोमा बसोबास गर्ने जाति हुन् । गुरुङहरू नेपालमा सूचिकृत ५९ आदिवासी जनजातिहरूमध्येका एक हुन् । तिब्बती शब्द ग्रोङ अर्थात् खेतीवालबाट गुरुङ भनिएको मानिन्छ । गुरुङहरू आफूलाई तमू भन्दछन् । तमू भनेको तिब्बती भाषामा घोडचढी भन्ने अर्थ लाग्दछ । एसियाका ऐतिहासिक हुण जातिका मानिसलाई नै गुरुङ हुन् भन्ने पनि गरिएको छ । गुरुङहरूको मुख्य बसोबास क्षेत्र कास्की, लमजुङ, मुस्ताङ, मनाङ, पर्वत र स्याङजा जिल्ला हो । तर, हाल नेपालका विभिन्न जिल्लालगयात विदेशमा पनि उनीहरूको बसोबास रहेको छ । २०६८ सालको जनगणनाअनुसार गुरुङहरूको जनसङ्ख्या ५,२२,६४१ रहेको छ ।

गुरुङहरू विशिष्ट संस्कृतिका निमित्त प्रख्यात छन् । उनीहरूमा मामाचेला फुपुचेली विवाह दुवै चल्दछ । तर, यो प्रचलन बिस्तारै लोप हुँदै गएको छ । गुरुङहरू मर्दा पोल्ने वा गाड्ने लामा, पच्यु, ध्याब्रीको निर्देशनअनुसार गर्दछन् । उनीहरूको मृत्यु संस्कार लामो र बिस्तृत हुन्छ । संस्कारमा अनिवार्यरूपमा मावलीलगयात अन्य नातागोताहरू संलग्न हुन्छन् । मनोरञ्जन प्रिय गुरुङ समुदायमा सोरठी, घाँटु नाच नाच्ने चलन छ । साथै, सामुदायिक वा घरपरिवारसम्बन्धी काम, सामुहिक निर्णय गर्न र नयाँ पिढीलाई अघिल्लो पुस्ताका सीप सिकाउन हरेक दिनजसो रोँधी बस्ने चलन रहेको छ ।

गुरुङहरूको वंशावलीहरू थुप्रै किसिमका भेटिन्छन्। क्ले कुगी, तथा सोगीहरूका छुट्टाछुट्टै वंशावलीहरू पाइन्छ। जसअनुसार कुगीलाई कश्यप गोत्र भनिएको छ।त्यस्तै , सोगीहरूलाई कन्नौज बुन्देलखण्डका भारद्वाज गोत्र भनिएको छ। तर, यहाँ राजा यशोब्रहम शाहका पण्डित भोजराजले तयार गरी पण्डित शिखरनाथ सुवेदीले प्रकाशित गरेको थर–गोत्र प्रश्नावली नामक पुस्तकमा प्रकाशित भएको वंशावली प्रस्तुत गरिएको छ। कुनै समयमा पिउठाना भन्ने ठाउँमा गोचन नामका भारद्वाज गोत्र सूर्यवंशी राजा थिए। राजा गोचनका लोचन र रोचन नामका दुई राजकुमार थिए । राजारानीका लागि कान्छा छोरा प्यारा थिए, त्यसैले गर्दा पिउठानाको राज्यभार राजा गोचनले जेठो छोरा लोचनलाई नदिई कान्छा छोरा रोचनलाई दिएका थिए । । यसरी भाइ राजगद्दीमा बसेपछि जेठाले देश छाडेर बाहिर जाने निर्णय गरे।
तमु ल्होछार गुरुङ समुदायले मनाउने पर्व हो। तमु अर्थात् गुरुङ र ल्होछार अर्थात् नयाँ वर्षको आगमन। नयाँ वर्षको आगमनका रूपमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले यो पर्व सामूहिकरूपमा मनाउँछन्।

तमुहरूको क्यालेन्डर अनुसार वर्षमा १२ महिना हुने बताउँछन्, तमु ह्युल छोँजधिनका केन्द्रीय प्रमुख श्री गुरुङ। उनी भन्छन्, ‘हाम्रो पात्रो नै अरुभन्दा फरक हुन्छ, जनावरको नामबाट महिना राखिएको हुन्छ।’ उनका अनुसार पुस १४ गते राति १२ बजेपछि कुकुरबाट मृग महिनामा परिवर्तन भएपछि नयाँ वर्ष मनाइन्छ। २०६३ सालपछि गुरुङ समुदायहरू टुँडिखेलमा सामूहिकरूपमा तमु ल्होछार मनाउने गरेको उनले जानकारी दिए। यस अवसरमा झाँकी नृत्य प्रदर्शन गरिन्छ।

‘विशेष गरी आफन्त तथा साथीभाइसँग शुभकामना आदानप्रदान गर्ने, विशेष परिकारहरू खाने गरिन्छ,’ उनले भने।
उनका अनुसार तमु ल्होछारमा सेलरोटी, बटुक, अचार तथा मासुका परिकार, रक्सी खाइने गरिएको छ। उनी भन्छन्, ‘पौराणिक मान्यता अनुसार बाँसको टोकरी, तामा अथवा पित्तलको भाँडामा तमु ल्होछारका खानाका परिकारहरू राखेर खाने चलन छ।

कार्यक्रममा केन्द्रीय मन्त्री सीता गुरुङले कार्यक्रम को उद्घाटन संगै एउटा भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराए। ।
कार्यक्रममा तमु विशिष्ट अतिथि विमा लिपिकार बालनर्सिङ तमु अतिथि तमु सञ्चारक्रमी केन्द्रिय सचिव कुमार तमु लगायतले तमु गुरुङ समुदायको नयाँ वर्षमा सम्पूर्ण नेपाली लाई स्वागत गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाउदै तमु गुरुङले सबै जातजाति लाई सधै सम्मान गर्ने भनाइ राख्नु भएको हो।कार्यक्रम सम्पन्न गर्नको लागि करिव ६ लाख बराबरको खर्च लाग्ने करिव ४ हजार तमु गुरुङ समुदाय सहित अन्य समुदायको समेत उपस्थिति हुने आयोजकले बताएको छ जेष्ठ नागरिक फरक क्षमता भएकालाई समेत सम्मान गरिने पत्रकार सम्मेलनमा बताएका थिए ।
गुरुङ जातिका मानिसहरूको भेषभूषा आफ्नै किसिमका हुन्छन्। खास गरेर बाह्य प्रभावमा नपरिसकेका गुरुङहरू साधारण किसिमको खस्रो कपडाको लुगा लगाउँछन्। गुरुङ जातिका पुरुषहरू शरीरको माथिल्लो भागमा भोटो लगाई जाङमा कछाड र त्यसको भित्र लगौंटी बाँधेका हुन्छन्। तन्नेरीहरूले कछाडको माथि कम्मरमा कम्मर पेटी र शिरमा टोपी लगाउँछन भने केहीले भोटो माथि कालो रङको कपडाको इष्टकोट लगाउने गर्छन् । हिउँदमा उच्च डाँडाहरूमा धेरै जाडो हुने हुँदा बाक्लो ऊनको बक्खु ओड्ने गर्छन् ।प्रत्येक जातजातिमा आ–आफ्नै प्रकारका संस्कारहरू हुन्छन्। संस्कार रूपी रूखको जरा प्रत्येक व्यक्तिका जीवनका हर व्यवहारमा गाँसिएका हुन्छन्। गुरुङहरूको जन्म संस्कारमा शिशुको जन्म हुनासाथ समाजको अनुभवी महिलाद्वारा सालनाल काटी शिशुलाई मनतातो पानीले नुहाई, तोरीको तेल लगाई सफा कपडामा बेरेर सुताउने गर्छन् ।

शिशु जन्मेको तेस्रो दिन पैंडी (ज्योतिषी) बोलाई शिशुको नामकरण गरिन्छ। अर्थात् शिशुको नाम राखिन्छ। शिशु जन्मेको छैंठौ दिनको साँझ नवजात शिशुको भविष्य राम्रो होस् भनी शुभमंगल कामनाको लागि थालीमा एक माना चामल, रूपैयाँ पैसा भेटी राखी थाल माथिनै दियो बालेर शिशुको सिरानीमा राखिन्छ।

बालकको जन्म भएको नौ दिन या एघार दिनमा न्वारान वा नामकरण हुन्छ। बालिकाको सात दिनमा न्वारान गर्ने गरिन्छ। सात माता र नौ पूर्खाको प्रतीकको रूपमा यसलाई लिइने हुनाले बालबालिकाहरूको न्वारानमा पनि सात तथा नौ दिनलाई शुभ मानिएको हो। यस दिनमा चोख्याउने मात्र नभई क्यब्रीबाट स्वस्ति – शान्ति पूजा (था सों प्रिहसों) गर्ने गरिन्छ। त्यसै दिनमा पैंडीले तीन दिनमा जुराएको नाम पुनः सुनाइन्छ। बालबालिकालाई दोष–दोषालो तथा दुरात्माको कुदृष्टि नपरोस् भनी छोरा भए नौसरोमा नौ गाठो, छोरी भए सात सरो धागो सात गाँठो पारेर बेसारमा मोलेर तमू भाषामा स्याइस्याइ भन्दै पवित्र धागो (प्हैरू) शिशुको घाँटीमा, दुवै हातको नाडीमा, दुवै खुट्टाको कल्लीमा र कम्मरमा बाँधिदिने चलन छ।
परापूर्वकालदेखि नै हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहँदै आएको छ। यसअनुरूप यस देशमा बसोबास गर्ने विभिन्न जातजातिहरूमध्ये गुरुङ पनि एक प्रमुख जात हो। गुरुङ जाति नेपालका आदिवासीहरूमध्ये पनि एक हुन्। अन्नपूर्ण हिमालको श्रृङ्खलाको दक्षिणीक्षेत्र मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, कास्की, स्याङ्जा आदि जिल्लाका पहाडी भेगहरूमा यिनीहरूको घना बस्ती रहेको पाइन्छ।

अघि सृष्टि कालमा आकाशमा पानी, हावा, कुहिरो, आगो र फलाम उत्पन्न भई उक्त पाँच वस्तुहरूको एक अर्काको प्रतिक्रियाबाट एउटा सुन्दर माटोको डल्लो उत्पन्न भयो। उक्त माटोको डल्लो गह्रौं भएको हुँदा क्राेनासा हुँदै सगोंती कहयाल्साकोप्लींप्लीङ्यो भन्ने जग्गामा खसी फुट्यो। उक्त माटोको डल्लो भित्रबाट मानिसको रूपको ३ वटा जीवित प्राणीहरू उत्पन्न भए। ती ३ प्राणीहरूमध्ये एक करगली क्हयाला, दोस्रो आपाकर्हाबुकल्हे र तेस्रो स्यामा क्होंलु पच्यु थिए। ती महाज्ञानीहरूमध्ये करगली क्हयाला (व्राेरो, सिरो, सरो) पृथ्वी, पाताल, आकाश, चन्द्रमा, तारा तथा सूर्यग्रहमा समेत गई बस्न सक्ने क्षमता भएका महापुरुष थिए।

चोंम्रु (मुक्तिनाथ) भन्ने जग्गामा बसाइ सरे। चोंम्रु भन्ने जग्गामा योमै–हें भन्ने राजाको मृत्यु भएपछि पालमा–हें भन्ने राजा भए। चोम्रु भन्ने जग्गामा ज्यादै ठण्डा र हिमपातको कारणले बस्न नसकी पुनः बसाइँ सर्ने काम भयो। बसाइ सर्ने क्रममा पालमा न्हें राजाको पनि मृत्यु भयो। र त्यसपछि क्हयाल्बो खम्पा राजा भए। चोंम्रुबाट मैजु भन्ने ठाउँमा (मैजु हयुला) बस्यो। खेतीपाती राम्रो भएतापनि बाढीपहिरोको कारणले मैजु भन्ने जग्गालाई छाडी सब्जें प्ह्रेंकुरा भन्ने ठाउँमा बसाइँ सर्‍यो। खेतीपाती राम्रो नभएको कारणले अनिकाल परी ठूलो समस्या भएको हुँदा जनताहरू शिकार खेल्न लेकलेक भ्रमण गर्न थाले। त्यसरी भ्रमण गरी हिंड्ने क्रममा एउटा राम्रो तथा सम्म परेको दक्षिण पूर्वको भू–भाग देखे। उक्त ठाउँलाई क्होला चिकु भन्दथे। शिकार खेल्न आएका मानिसहरू (कुग्री – नौथरे) ले उक्त ठाउँमा गई ३ गेडा करु परीक्षणका लागि रोपे।

पछि आएर हेर्दा ठूलोठूलो गाँज भएर सप्रेको साथै लामा लामा बालासमेत भएको पाइएकाले उक्त जमिनको उर्वराशक्ति राम्रो र उत्पादन राम्रो हुन सक्ने अनुमान गरी सोको विवरण राजा र प्रजाहरू सबै आ–आफ्नो श्री सम्पत्ति साथमा लिएर तीन लेक (कहो सों) तीन डाँडा काटेर सगोंती क्हयाल्सालाई पछाडि छाडेर क्होला चिकु भन्ने ठाउँमा आएर बसोबास गरे। तिनीहरू सबै तीनगाउँ, तीन थलो, तीन भाग (क्होला सोंप्रे हयुला) गरी बसोबास गरेकाले यस गाउँलाई तीनगाउँ (कहोल सोंप्रे हयुला) भनियो। पछि तिनीहरू तीन थर भएर बसेका हुनाले क्होला सोंथरे भनेर नामकरण गरियो।

क्होला क्षेत्रभन्दा बाहिर तत्कालमा माथि उत्तरबाट बसाइसराइका क्रममा कहोलामा नआई सोझै क्होलाका पूर्वमा पर्ने नौंँदी, हिन्कु, क्वाँर, तप्रां, चिक्रेसमा मानिसहरू बसोबास गरेकाले पुराना घरका भग्नावशेषहरू पाइन्छ। धेरै क्षेत्र ओगटेका “क्होला सोंथर” राज्यमा “रुजुक्ल्हे” भन्ने राजाले आफ्नो अधिकार जमाएको पाइन्छ। राज्य सञ्चालन राम्रैसँग व्यवस्थित गरेर चलाएको देखिन्छ। राज्यका मन्त्रीहरू, करिन्दा, खेगी, म्हिग्रेचोगी लगायत जनताहरू मिलेर व्यवस्थित प्रकारले राज्य सञ्चालन भएको पाइन्छ।

तिब्बतका हिमाली घाँच र घाँटी काटेर मनाङको बाटो हुँदै लमजुङको घनपोखरा, घेर्मु र कास्कीको सिक्लेसमा बसोेबास गर्न आइपुगेका गुरुङ घलेहरूले यशोब्रहम शाह पूर्व लमजुङमा राज गरेका थिए। घले राज्य (घले गाउँ) राज्य व्यवस्था सञ्चालन गर्न नालसभार (सांसद) समेतको व्यवस्था भएको बुझिन्छ। तत्कालीन राज्य व्यवस्था जनसमर्थन र विश्वासको आधारमा चलेको देखिन्छ। गोरखा राजवंशको उदयपूर्व गुरुङ पश्चिमी नेपालको केही भागमा स–साना ठकुराइमा विभक्त थिए।

अशोक चल्लको शक्तिशाली सेना, राज्य विस्तार स्वरूप र उनको लामो शासनकाललाई दृष्टिगत गर्दा गण्डकी प्रदेशका गुरुङ – मगर मुखियाहरूले अधीनता स्वीकार गरी उनको साथ दिएकोमा शङ्का छैन। इतिहासको मध्यकालमा आएर स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा १२ मगराँतमध्येका केही भुरे राज्यहरू थिए भने जिल्लाको पूर्व भागमा टाकुरे राज्यमध्येका राज्यहरू थिए। जसमा मगरात (भुरे) राज्य मगरहरूका राज्य थिए भने टाकुरे राज्यहरू गुरुङ राज्य थियो। गोरखा राज्यका संस्थापक द्रब्य शाह गोरखामा प्रवेश गर्नुभन्दा पहिले यो जिल्लाको लिगलिग कोटमा घले राजाहरू थिए भन्ने कुरा इतिहासकारहरूले प्रमाणित गरेका छन्। यसबाट के प्रष्ट भएको छ भने चार–पाँच सय वर्ष पहिलेदेखि नै गुरुङहरूले गोरखामा महत्वपूर्ण स्थान ओगटेका छन्।

तमुगुरुङ ल्होछारमा विभिन्न थरीका परिकार खाने चलन छ। गुरुङ समुदायको खानाका परिकारहरूमध्ये सबैभन्दा धेरै सेल रोटी खाइने गरिन्छ। सेल रोटी अर्थात् चामलको पिठोबाट तयार गरिने एक प्रकारको गुलियो रोटी। यसो त सेल रोटी अन्य समुदायमा पनि प्रचलित खान्की नै मानिन्छ। यो चाडपर्वको मुख्य खान्की नै हो। सेल रोटी अचारहरूसँग सेल रोटी खान सकिन्छ।
अचार : अचार खान मन नपराउने सायदै कोही होला। नेपाली भान्छामा अचार त अनिवार्य जस्तै भैसक्यो। अचारलाई हरेक चाडपर्वको अत्यावश्यक खानाको परिकार मानिन्छ। प्रायः नेपाली भान्छामा आलु, केराउ, करेला, मुला, गाजर, बन्दा, स्वाबिन, टमाटर, लप्सी, तिल लगायतका अचार बनाइन्छ।
गुन्दु्रकका परिकार : गुरुङ समुदायमा मात्र होइन, नेपालीहरूले रुचाइएको विशेष खान्की हो, गुन्द्रुकका अचार। विशेष पर्वको समयमा मात्र नभएर अन्य समयमा गुन्द्रुकको परिकारलाई पनि विशेष रूपमा खाने गरिन्छ। सहरका होटल तथा रेस्टुराँहरूमा गुन्द्रुकलाई विशेषरूपमा खानेको जमात बढेको पाइन्छ।
बटुक : ल्होछारमा बटुकको निकै महत्व रहेको छ ‘तमु ल्होसारमा बटुकको छुट्टै महत्व हुन्छ, मासको दालबाट तयार गरिने बटुकलाई तमु ल्होछारको मुख्य खान्कीको रूपमा खाइन्छ।’ बटुकलाई मासबाट तयार गरिन्छ।
माने रोटी : माने रोटी चामलको पिठोबाट तयार गरिन्छ। सेल रोटी र माने रोटी पकाउने तरिका एउटै हो ।

माने रोटी पनि चामलको पिठोबाट तयार पारिन्छ। यसलाई अचार र तरकारीसँग खान सकिन्छ।

पानी र पिठोको मात्र बराबर राखेर पिठो तयार गरेपछि तातो ताईमा तारेर बनाइने गरिन्छ ।
मासु : मासु हरेक समुदाय वा चाडमा खाइने मांसाहारीको लोकप्रिय परिकार हो। तमु ल्होछारमा मासुबाट थरीथरीका परिकारहरू बनाएर खाने गरिन्छ।

ल्होछारमा मासु फ्राई, मासुको झोल, पोलेको मासु, सुकुटी, सेकुवा, मासुको अचार लगायत खाइने गरिन्छ
रोटी, ढिडो
तमु ल्होछारमा गाउँघरमा उपलब्ध हुने फापर, कोदो लगायतका खाद्यान्नको रोटी, ढिडो खाने प्रचलन रहेको पाइन्छ। चिसो मौसममा शरीरलाई न्यानो बनाउन फापर र कोदोका रोटी र ढिडो खाइने चलन रहेको छ ।

यस्तै, शरीरलाई न्यानो राख्न तरुल, सखरखन्ड, कन्दमुल लगायतका परिकार उसिनेर खाने चलन रहेको छ ।
यी तीन महापुरुषहरूको उदय भएकै समयमा क्रोंरोक्रोंं – होंगु नायेया, सिरोंसी – होखु नायेमा, लरों ल – होंग्रु नायेमा, सरों स–होग्रु नायेमा, मुरोमु – होंग्रु नायेमा, ङिहरो ङ्हिर – होंग्रु नायेमा तथा सरों स – होंग्रु नायेमा नाम गरेका ७ माहरू (आमाहरू) पनि उत्पन्न भई आकाशमा एक, माटोमा दुई र बाँकी चार क्रोंन, ङ्हि र सर्दो भन्ने ठाउँमा बसे। यिनै तीन महापुरुषहरू र सात आमाहरूको शाखा सन्तानबाट गुरुङ (तमु) हरूको श्रृष्टि भएको कुरा वेद (तमु) मा उल्लेख भएको पाइन्छ।
कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष बिमला तमु गुरुङले
कार्यक्रम पौष एक गते देखि सन्चालन भैरहेको छ पौष १ गते मिसेस तमुस्यो पौष ५ गते पत्रकार सम्मेलन ,पौष ११ सरसफाइ ,पौष १२ गते रक्तदान कार्यक्रम, पौष १३ गते मानव सेवा आश्रममा दान र दिपावली पौष १४ गते बृहत झांकी सहित शान्ति र्याली ईकाई स्तरको नृत्य प्रतियोगिता, पौष १५ गते वृहत ल्होसार समारोह हुने तमु गुरुङ समुदायले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । – कार्यक्रममा आएकोले तमु गुरुङ समुदाय अन्य अतिथि समाज सेबि बुद्धिजीवी विभिन्न संघ संस्था पत्रकार सम्पूर्ण लाई उपस्थितिको लागि आग्रह गरिएको छ। कार्यक्रमको सन्चालन रुपन्देही जिल्ला सचीव ओम प्रकाश तमु गुरुङले गर्नु भएको हो।