पाणिनी कलेजको स्टलमा स्वाद पारखीको भीड

मेचीकाली संवाददाता

१५ पुष २०८०, आईतवार
722 shares

बुटवल। बुटवल–८ सुख्खानगरस्थित पाणिनी कलेजका विद्यार्थीले बनाएका परिकारहरु पाँचौं सडक खाना महोत्सवमा स्वाद पारखीहरुको रोजाइमा परेका छन् । स्टेज नजिकै ५२ नम्बरको पाणिनी कलेजेको स्टलमा अहिले दशकको भीड छ । सबै विशेष परिकारहरु डिप्लोमा इन होटल म्यानेजमेन्ट पढने विद्यार्थीहरुले बताएका हुन् ।

कलेजका डाइरेक्टर जनकराज भुसालले अध्ययनमा सिकेका कुरा व्यवहारमा कार्यान्वन गर्दै विद्यार्थीहरुले विभिन्न नयाँ नयाँ परिकारहरु महोत्सवमा पस्किएको बताए । गत वर्षको महोत्सवमा पनि पाणिनी कलेजको स्टलमा दर्शको भीड लागेको थियो । पाल्पाली आलु, छपियाको माछा, छोयला म.म., पाणिनी स्यान्एच, चिकेन ललिपप, चिकेन बल लगायतका परिकारहरु खान महोत्सव सुरुदेखि राति १२ बजेसम्म भीड लाग्ने गरेको डाइरेक्टर भुसालले बताए ।

सन् २०१९ बाट कलेजले होटल म्यानेजमेन्टको पढाई सुरु गरेको थियो । कलेज अहिले एचएम पढेको विद्यार्थीको रोजाइमा छ । कलेजले होटल सम्बन्धी विभिन्न तालीमहरु पनि दिँदै आएको भुसालले बताए । कलेजमा हरेक वर्ष १०० भन्दा बढी विद्यार्थीहरुले पढदै आएका छन् । अहिले विदेशमा पढन जाने रुचि भएकाहरुको नेपालमा होटल म्यानेजमेन्ट विषय पहिलो रोजाइमा छ ।