आइतबारको फर्साटिकर कपमा हनामी बि.एफ.सि .चितवन विजयी

मेचीकाली संवाददाता

१५ पुष २०८०, आईतवार
249 shares


तुलसीराम पौडेल —
रुपन्देही ,पौष १५
रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर चार सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष तीन गतेदेखि संचालित शुद्दोधन गाउँपालिका एघारौं फर्साटिकर कप अन्तरगत आइतबार सम्पन्न प्रतियोगितामा हनामी बी एफ सी चितवन विजयी भएको छ। आइतबार हनामी बि.एफ.सि चितवन भर्सेस सुनौलो संगम देविनगर बिच प्रतिस्पर्धा भएको थियोे जस अन्तरगत हनाफी बी एफ सि चितवनले शुन्यका विरुद्ध चार गोलको अन्तरले सुनौलो संगम देविनगरलाई पराजित गरि शानदार विजय हासिल गरेको थियोे ।
हनामी बि एफ सी चितवनका जर्सी नम्बर नौ का अनिल राना मगरले पहिलो हाफको २५ औ मिनेटमा पहिलो गोल ,जर्सी नम्बर १२का राज भुसालले दोस्रो हाफको २५औं मिनेटमा दोस्रो गोल ,जर्सी नम्बर आठका अभि लामाले दोस्रो हाफको ३४ औ मिनेटमा तेस्रो गोल ,जर्सी नम्बर १४ का सनम धिमालले दोस्रो हाफको ३६ औं मिनेटमा चौथो गोल गरी टिमलाई शानदार विजय गराएका थिए ।
आइतबारको खेलको म्यान अफ द म्याच हनामी बी एफ सी चितवनका जर्सी नम्बर आठका अभि लामा घोषित भए।क्लबका लेखा संयोजक तथा लुम्बिनी प्रदेश फुटबल संघका सदस्य भेषराज पौडेलले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।सोमबारको खेल आयोजक फर्साटिकर युवा क्लब भर्सेस राइजिङ्ग स्टार एफ सि नवलपरासी बीच प्रतिस्पर्धा हुने खेल संयोजक अमृत खड्काले जानकारी दिनुभयो ।